स्पेनबाट खोले पाँच नेपालीले अनलाइन रेडियो

पोखरा, ८ जेठ। रोजगारका लागि स्पेन पुगेका पाँच नेपाली युवाहरूले स्पेनमा अनलाइन रेडियो सञ्चालन गरेका छन्।

कास्कीका वसन्त रानाभाट, स्याङ्जाका हेमन्त रानाभाट, सुनिल रानाभाट, भोला लामिछाने र सन्तोष श्रेेष्ठ मिलेर अनलाइन रेडियो ‘रेडियो स्पेन नेपाल’ सञ्चालन गरेका हुन्। रेडियो अन्नपूर्णको प्रस्तोता एवं समाचार वाचकका रूपमा कार्यरत रहेका बेला विदेशिएका कास्की कृस्ती-१ का वसन्त रानाभाटको सक्रियतामा उक्त अनलाइन रेडियो सञ्चालनमा आएको हो।मे ७ तारिखबाट परीक्षण प्रशारण सुरु गरेको रेडियोले यही मे १९ तारिखबाट औपचारिक शुभारम्भ गरेको छ। रेडियोको एनआरएन आइसिसि सदस्य दीपक खरेलले उद्घाटन गरेका हुन्। एनआरएन स्पेनका अध्यक्ष एकराज गिरी, जनसर्म्पर्क समिति, प्रवासी नेपाली मन्च, जनप्रगतिशील मञ्च (एमाओवादी), जनप्रगतिशील मञ्च -माओवादी), तमु समाज, कलाकार मञ्चलगायतका नेपाली सङ्घसंस्थाका सल्लाहकार, अध्यक्ष तथा प्रतिनिधिको उपस्थिति रहेको थियो।

रोजगारका लागि नेपालबाट स्पेन पुगेका युवाहरूले आफूजस्तै रोजगारीमा पुगेकालाई सचेत बनाउनुका साथै सूचना र मनोरञ्जन प्रदान गर्ने उद्देश्यले रेडियो सञ्चालन गरेको बताएका छन्।

स्पेनको बार्सिलोनाबाट प्रशारण शुरु गरेको यो अनलाइन रेडियोले आप्रवासी स्पेनिसहरूको उन्नति, प्रगति, उनीहरूले पाएको दुःख, विभिन्न समस्या रेडियो कार्यक्रममार्फत उजागर गर्ने उद्देश्य राखेको रेडियोका सञ्चालक सदस्य हेमन्त रानाभाटले बताए।

सो रेडियो सुनेर नेपालमा बसिरहेकाले पनि स्पेनमा रोजगारीको अवसर, त्यहा“ जा“दा अपनाउनुपर्ने सचेतता, सिक्नुपर्ने सीपलगायतका बारेमा जानकारी लिन सक्ने रेडियोको दाबी छ।

रेडियोले दैनिक एकपटक समाचार पनि प्रशारण गर्ने जनाएको छ। स्पेनसहित आप्रवासी नेपालीहरूको समाचारसहित नेपालमा भइरहेको राजनीतिक तथा आर्थिक समाचारलाई पनि प्राथमिकताका साथ प्रशारण गरिरहेको रेडियोकर्मी तथा सञ्चालक सदस्य वसन्त रानाभाटले जानकारी दिए।

यसैबीच, रेडियोको उद्घाटनको अवसर पारेर शुभकामना दिँदै नेकपा एमालेका महासचिव इश्वर पोखरेलले स्पेनमा दुतावास खोल्न आफूले पहल गर्ने आश्वासन दिए। उनले दूतावास नहुँदा गैर आवासीय नेपालीहरूले दुःख पाइरहेको आफूले महसुस गरेकाले यसका लागि पहल गर्ने बताए।

रेडियो उद्घाटनको अवसरमा नेपाली काङ्ग्रेसका युवा नेता गगन थापा, एमाओवादीका खिमलाल देवकोटा, नेपाल पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष डा. महेन्द्र विष्ट, रेडियो अन्नपूर्णका प्रमुख कार्यकारी अधिकृत दीपेन्द्र श्रेेष्ठ, संविधानविद् भीमार्जुन आचार्य, लोकगायिका हरिदेवी कोइराला, लोकगायक पुरुषहोत्तम न्यौपानेलगायतले शुभकामना मन्तव्य रेर्कर्ड पठाएका थिए।

- अादर्श समाज सम्वाददाता