मुलुकको सेवा गर्ने मोदीको प्रतिबद्धता

नयाँ दिल्ली, ६ जेठ। भारतीय प्रधानमन्त्री पदमा निर्वाचित नरेन्द्र मोदीले म·लबार आँसु बगाउँदै आफूले जगाएको जनताको अपेक्षा पूरा गर्न प्रयास गर्ने बचन दिएका छन्।

उनले भारतको आमनिर्वाचनमा अत्यधिक मतले विजय हासिल गरी पहिलो पटक संसद्मा प्रवेश गरेपछि उक्त कुरा बताएका हुन्।

६३ वर्षीय मोदीले संसद् भवन प्रवेश गर्नुपूर्व त्यसका खुड्किलामा चुम्बन गर्दै ढोगे। त्यसपछि उनी हिन्दू राष्ट्रवादी दल भारतीय जनता पार्टीको बैठकमा पुगे। पार्टीला सहयोगी दलहरूले उनले मे २६ मा प्रधानमन्त्री पदको सपथग्रहण गर्ने निर्णय गरे। उनलाई संसद्मा भावपूर्ण स्वागत गरिएको थियो र उनले संसद्को मूल सभाकक्षमा सम्बोधन गरे। उनको रुवाइका साथमा भारतीय जनता पार्टीला प्रमुख व्यक्तिहरूको आँखामा पनि आँसु देखिएको थियो।

उनले संसद्लाई प्रजातन्त्रको मन्दिर बताउँदै यसमा एक अर्ब २५ करोड जनताको आशा र अपेक्षा कायम भएको बताए। उनले आफू एक चिया पसलेको छोराको रूपमा जन्मेको पनि उल्लेख गरे।

शुक्रबार भारतीय जनता पार्टीले सन् १९८४ पछि पहिलोपटक बहुमत प्राप्त गरेपछि उनले एउटा सामान्य मानिसमा आत्मविश्वास र प्रजातन्त्रप्रति आशा फेरि जागेको बताए।

उनले ग्रामीण क्षेत्र, किसान, दलित, कमजोर तथा पीडित व्यक्तिका लागि आफ्नो सरकार भएको, उनीहरूको आशा तथा आकाङ्क्षा पूरा गर्नु आफूहरूको जिम्मेवारी भएको र गरिब व्यक्तिहरूले आफूलाई यहाँ पठाएको विचार राखे।

मोदीले आफ्ना गुरु एल.के. आडवाणीको भनाइलाई उद्धरण गर्दै आँसु खसाए, पानी पिए र भारतीय जनता पार्टीआफ्नो आमा भएको बताउँदै यसको सेवा गर्ने दृढता व्यक्त गरे।

उनले आफूले जनताको अपेक्षा पूरा गर्ने र उनीहरूको आशा खेर जान नदिने प्रतिबद्धता जनाए। यसअघि उनी दक्षिणपन्थी नेसनल डेमोक्र्याटिक एलायन्सको नेतामा निर्वाचित भएका थिए।

सन् २००१ देखि गुजरातका मुख्यमन्त्री रहेका मोदी आइतबारदेखि सरकार गठन गर्ने विषयमा वार्तामा छन्। उनले आउँदो सोमबार राष्ट्रपति प्रणव मुखर्जीसँग सपथग्रहण गर्दै छन्।

- रासस/एएफपी