चीनका १० करोड जनताले महानगरको फाइदा प्राप्त गर्ने

बेइजिङ, ३ चैत। चीनका १० करोड भन्दा बडी जनतालाई मुलुकको नगरको औपचारिक वासिन्दाको प्रमाणपत्र दिइने भएको छ। यो सरकारको सहरीकरणका लागि व्यापक योजनाको एक भाग भएको र आर्थिक विकासका लागि महत्वपूर्ण विषय भएको बताइएको छ।

चिनियाँ राष्ट्रपति सी जिनपिङको नेतृत्वमा रहेका नयाँ नेताहरूले जिवनस्तर विकास गर्न तथा सही वृद्धिदर कायम राख्न जनतामा आधारित सहरीकरण गरिने बताएका छन्। राष्ट्रपति सी जिनपिङले गत वर्ष मात्र शासन नियन्त्रणमा लिएका हुन्।

मुलुककको सहरीकरणको राष्ट्रिय योजनाको नयाँ नमुनामा सुविधालाई मापन गर्न सकिने गरी सुधार गरिने बताइएको छ। चीनमा सामाजिक सुविधा तथा वायुको स्तरका कारण जनतामा क्रोध बढ्दो छ।

विश्लेषकहरूले रणनीति बनाउनु तथा विशेष लक्ष्य कायम गर्नु सकारात्मक भए पनि यी कुरा लागू हुन्छन् कि हुँदैनन् भन्ने कुरा प्रमुख रहेको बताएका छन्।

यस योजनाले चीनको एक अर्ब ३६ करोड जनसङ्ख्यामा ६० प्रतिशतलाई ओगट्ने अनुमान गरिएको छ। उनीहरू सन् २०२० सम्म नगरमा बसोबास गरिसक्ने योजना बनाइएको छ। यसैगरी ४५ प्रतिशतलाइ सहरी वासिन्दाको रूपमा दर्ता उपलब्ध गराइनेछ जसलाई हुकु भन्निछ। यसबाट शिक्षा तथा स्वास्थ्य सेवा जस्ता सामाजिक फाइदामा समान पहुँच प्राप्त हुनेछ।

यस योजनाको लक्ष्य १० करोड ग्रामीण कामदारलाई र अन्य वासिन्दालाई सहरी क्षेत्रको स्थायी बासिन्दा बनाउने रहेको छ। उनीहरूलाई स्वास्थ्य विमा जस्तो क्षेत्रमा अनुदान सहयोग सहितको सेवा उपलब्ध हुनेछ।

यस योजनाअनुसार ९९ प्रतिशत आप्रवासी बालबालिकाले नौ वर्षको शिक्षा प्राप्त गर्ने तथा ९५ प्रतिशत ग्रामीण श्रमिकले काम प्राप्त गर्न आधारभूत तालिम प्राप्त गर्ने बताइएको छ।

यस योजना अनुसार २३ प्रतिशत सहरी वासिन्दाले सस्तो मूल्यमा आवास प्राप्त गर्नेछन्।

पाका ९० प्रतिशत जनताले प्रौढ अवस्थामा प्राप्त गर्ने विमा प्राप्त गर्ने समेत योजना बनाइएको छ।

मोटर भएको ६० प्रतिशत यातायात सार्वजनिक सेवा सञ्चालकले प्रदान गर्ने बताइएको छ। सन २०१२ मा चीनको दुर्इ प्रतिशत जनताले उपभोग गरिरहेको वर्तमान हरितगृहको प्रभावको रूपमा आधा भवन निर्माण वातावरण मैत्री हुने बताइएएको छ।

- रासस/एएफपी