भारतमा हिन्दू धर्मावलम्बीबीच वसन्त ऋतुको चाडमा रङको खेल

नयाँ दिल्ली, ३ चैत। भारतमा लोकप्रिय हिन्दू धामिक चाड होली मनाउन दशौँ लाख जनताले सोमबार एकअर्कामाथि रङ पोते। यस चाडका साथमा भारतमा वसन्त ऋतु आरम्भ हुने बताइन्छ।

होली खेल्नेहरू मुलुकका सडकमा उत्रिए र रङको खेल खेले। यस चाडमा एकअर्कामाथि रङ पोतिन्छ भने पानी फ्याकिन्छ। यस चाडलाई पनि भारतमा अशुभमाथि शुभको विजयको रूपमा लिइन्छ।

कङ्ग्रेस पार्टीबीचनेत्री सोनिया गान्धीका साथमा धेरै राजनीतिज्ञहरूले उल्लासका साथमा यो पर्व मनाए। उनले आफ्नो पार्टीला कार्यकर्ता, परिवारिक सदस्य तथा मित्रका साथमा होली खेले। प्रधानमन्त्री मनमोहन सिंहले मुलुकका एक अर्ब २० करोड जनतालाई यस पर्वको शुभकामना दिए।

प्रतिपक्षीका प्रधानमन्त्री पदका लागि उम्मेदवार नरेन्द्र मोदीले भारतीय जनतालाई मोबाइल फोनमा स्वरको सन्देश दिएका छन्। सन्देशमा उनले मतदातालाई विश्वको सबैभन्दा ठूलो प्रजातन्त्रको भाग्य परिवर्तन गरिदिन आग्रह गरे। आउँदो महिनामा भारतमा आमनिर्वाचन आयोजना हुने भएको छ।

उनले मुलुक निर्वाचनको रङमा डुबेको र निर्वाचन प्रजातन्त्रका लागि रङको पर्व भएको बताए।

राजधानी नयाँ दिल्लीमा पिच्कारी, लोला, रङ, नाच तथा ड्रमको आवाजमा होली मनाइएको छ।

होली विशेष गरी भारत, नेपाल तथा हिन्दू जनसङ्ख्या ठूलो मात्रामा बसोबास गर्ने स्थानमा मनाइन्छ।

- रासस/एएफपी