मलेसियाको जेट विमान जानाजान हरायो : प्रधानमन्त्री

क्वाला लम्पुर, १ चैत।मलेसियाका प्रधानमन्त्री नजिब रजाकले एक साताअगाडि हराइरहेको जेट विमानमा रहेको दूरसञ्चार उपकरण बन्द गरिएको, त्यसको मार्ग विमानमै भएका कसैले जानाजान अकोर्तिर मोडेको र विमान हराएको शनिबार बताएका छन्। उनले विमान अपहरण भएको भनी स्पष्टरूपमा भने उल्लेख नगरेको बताइएको छ।

राष्ट्रव्यापी रूपमा प्रसारण गरिएको एक पत्रकार सम्मेलनमा प्रधानमन्त्री रजाकले मार्च ८ मा उक्त विमान १:३० बजे नागरिक राडारबाट हराएको र त्यसको छ घण्टा तीस मिनेटपछि त्यसबाट स्याटेलाइटमा अन्तिमपटक सञ्चार भएको बताए। उक्त विमान बोइङ ७७७ रहेको थियो र क्वाला लम्पुरबाट बेइजिङतर्फको उडानमा रहेको थियो।

उनले उक्त विमानले यस अन्तरिम अवधिमा आफ्नो मार्ग बदलेको र मलेसियाली प्रायद्वीप भएर हिन्द महासागरमाथि उडेको बताए। यहाँले यस्तो कार्य विमानमै रहेको कसैले गरेको पनि दाबी गरे।

उनले आमसञ्चारले उक्त विमान अपहरण भएको बताए पनि आफू यस विषयमा स्पष्ट हुन चाहेको र एमएच३७० को उडानमा रहेको विमान आफ्नो मार्गबाट बाहिर जानुको सम्भावित सबै कारणमा अनुसन्धान गर्न चाहेको बताए।

प्रधानमन्त्री नजिबले आफ्नो घोषणा विमान तथा सैनिक राडार तथ्याङ अनुसार स्याटलाइट सम्पर्कमा आधारत भएको बताए।

तथ्याड्ढमा विमानमा रहेको दुइ स्वचालित सञ्चार प्रणाली एयरक्राफ्ट कम्युनिकेसन एड्रेसिङ एन्ड रिपोर्र्टिङ सिस्टम (आकार्स)’ तथा त्यसको ट्रान्सपोन्डर एकपछि अको गरी बन्द गरिएको र विमान दक्षिणी चिनियाँ सागरमा गएर त्यसको राडारसँग सम्पर्क टुटेको देखिएको छ। उक्त विमान त्यसपछि मलेसिया प्रायद्वीपतर्फ पश्चिमी दिशामा फकेको बताइएको छ।

प्रधानमन्त्री नजिवले विमानसँग अन्तिम पटक बिहानको ८:११ मा सम्पक भएको बताए। उनले यसरी विमान कति परसम्म गयो भन्ने विषयमा हिसाब भइरहेको बताए।

हालसम्म विशेषज्ञहरूले उक्त विमानको सञ्चार सम्पर्क टुटेको बिन्दु पत्ता लगाएका छन्। यी बिन्दु कजाखस्तान, तुकमेनिस्तानको सीमा तथा उत्तरमा थाइल्यान्डमा तथा दक्षिणी भागमा इन्डोनेसियादेखि हिन्द महासागरसम्म फैलिएको क्षेत्रमा पने बताइएको छ।

उनले स्याटलाइटको नयाँ सूचनाले खोजी कार्यको प्रकृति तथा सीमा निर्धारण गने बताए। उनले आफ्नो खोजी कार्य दक्षिण चिनियाँ जल क्षेत्रमा अन्त्य गरिने र आफ्ना संरचनालाई पुनर्मूल्याड्ढन गरी उपकरणलाई पुनः तैनाथ गरिने बताए।

उनले सम्बन्धित मुलुकलाई उनीहरूसँग यस विषयमा भएका सबै सूचना तथा राडारका तथ्याड्ढ उपलब्ध राउन आग्रह गरिने बताए। उनले यी मुलुकसँग मिलेर काम भइरहेको पनि उल्लेख गरे। रासस/एएफपी

- अादर्श समाज सम्वाददाता