हिमालय सहकारी दोश्रो विशेष साधारणसभा

पोखरा, १ पुस।हिमालय बचत तथा ऋण सहकारी संस्था लिमिटेड हेमजाको दोश्रो विशेष साधारणसभा  सम्पन्न भएको छ।

साधारणसभामा बोल्दै प्रमुख अतिथि संस्थाका सल्लाहकार अर्जुन पौडेलले संस्थालाई मजबुद बनाउनका लागि संस्थाका शेयर सदस्यबीच सहकार्यको खाँचो पर्ने बताए।

संस्थाको मङ्सिरसम्मको वित्तीय विवरणअनुसार ऋण लागनी दुर्इ करोड सात लाख १९ हजार चार सय १७, निक्षेप संकलन एक करोड ६२ लाख चार हजार चार सय ९२ र शेयर पुँजी एक करोड दुइ लाख २५ हजार छ सय रूपैयाँ’ रहेको छ।

साधारणसभामा रु. १० लाख मुद्धती जम्मा गर्नेलाई शेयर सदस्यता दिने, शेयर सदस्यमा न्यूनतमा एक लाखदेखि तीन लाखसम्म थप गर्ने पारित गरेको छ।

समान प्रकृतिका धेरै सहकारीहरूबीचमा अरू सहकारीभन्दा फरक पहिचान र नमुना सहकारी बनाउने उद्देश्यका साथ २६ जना व्यक्तिहरू मिलेर सुरू गरेको यस संस्थामा  हाल पाँच सय ६४ जना शेयर सदस्य रहेका छन्।

कार्यक्रममा संस्था सचिव मोतिराज तिमिल्सिनाले संस्थाका वाषिर्क प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए। संस्थाको सुरूवातमा नै संस्थाले सोचेभन्दा बढि महत्वपूर्ण उपलब्धि हासिल गरेको छ प्रतिवेदन प्रस्तुत गर्दै उनले भने- ‘संस्थालाई अझै मजबुत र बलियो बनाउनका लागि शेयर सदस्यहरूको सहभागिताको आवश्यकता छ।’

कार्यक्रममा संस्थाका सहसचिव माधवशरण पौडेल, लेखा समिति सदस्य नवराज त्रिपाठी, शेयरसदस्यहरू भरत गौतम, भरतराज अधिकारी, सम्मरबहादुर श्रेष्ठलगायतले बोलेका थिए।

हिमालय बचत तथा ऋण सहकारी संस्था लिमिटेड हेजाका अध्यक्ष कृष्णप्रसाद त्रिपाठीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा उपाध्यक्ष राजेन्द्रबहादुर सापकोटाले स्वागत र सचिव मोतिराज तिमिल्सिनाले कार्यक्रम सञ्चालन गरेका थिए।

- अादर्श समाज सम्वाददाता