नेपाल फाइनलमा प्रवेश

पोखरा, १२ साउन।नेपाल काठमाडौंमा जारी दोस्रो यु-१६ साफ च्याम्पियनसीप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।

त्रिपुरेश्वरस्थित दशरथ र·शालामा शनिबार भएको पहिलो सेमिफाइनल खेलमा बंगलादेशलाई ५-१ को फराकिलो अन्तरले पराजित गर्दै नेपाल पहिलोपटक फाइनलमा प्रवेश गरेको हो। अघिल्लो संस्करणमा नेपाल सेमिफाइनलबाट बाहिरिएको थियो। नेपालका लागि सुजन लिम्बुले दुर्इ तथा विमल र्घर्तीमगर र अञ्जन विष्टले एक-एक गोल गरेका थिए। एक गोल बंगालदेशी खेलाडीबाट आत्माघातीस्वरूप प्राप्त भएको थियो।

खेल सुरु भएको आठ मिनेटमै गोल गर्दै टीमलाई अगाडि बढाएका सुजनले ५९ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दा नेपाल ५-० को स्थितिमा थियो।

विमलले खेलको २० मिनेटमा तथा अन्जनले २३ मिनेटमा गोल गर्दै पहिलो हाफमा नेपाललाई ३-० को अग्रता दिलाएका थिए।दोस्रो हाफको ११ मिनेटमा बंगालदेशका अतिकुञ्जामानले आत्मघाती गोल गरेपछि ५-० अगाडि थियो।

बंगलादेशका लागि ६५ मिनेटमा अल अमिन तुसारले सान्त्वना गोल फर्काएका थिए।

नेपालले आइतबार भारत र अफगानिस्तानबीचको विजेतासँग म·लबार उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ।आइतबार भारत र अफगानिस्तानबीच दोस्रो सेमिफाइनल खेल हुनेछ।

- अादर्श समाज सम्वाददाता