भूगोल र जनता नै राष्ट्रियता हो : भट्टराई

पोखरा, ८ साउन।नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य मनमोहन भट्टराईले नेपालका कम्युष्टिहरूले राष्ट्रियताको नारालाई गलतरूपमा व्याख्या गरेको आरोप लगाएका छन्।

बीपी चिन्तन प्रतिष्ठान कास्कीले म·लबार आयोजना गरेको राष्ट्रियता, प्रजातन्त्र र बीपी कोइराला विषयक विचार गोष्ठीमा बोल्दै उनले यस्तो विचार राखेका हुन्।

नेपालका कम्युनिष्टले सतहमा राष्ट्रियताको उग्ररूप देखाउने र भित्र आत्मसमर्पण गर्ने गरेको उनले दाबी गरे। उनले राष्ट्रियताको मुद्दामा नेपालमा बीपी जति स्पष्ट र अडान अरु कुनै नेतामा नभएको बताए। उनले भने-‘भूगोल र जनता नै राष्ट्रियता हो।’

उनले मङ्सिरमा निर्वाचन हुन नसक्ने बताए। एमाओवादीप्रति सड्ढेत गर्दै उनले भने-‘कुनै पार्टीे आफूले जित्ने अवस्था नभएसम्म चुनाव दिँदैन।’

नेपाली काङ्ग्रेसमा अध्ययनशील नेताहरूको रूपमा परिचित भट्टराईले नेपालमा सङ्घीयता आवश्यक नभएको जिकिर पनि गरे।

सैद्धान्तिकरूपमा समाजववाद र बीपीले मानेको समाजवादमा फरक भएको उनको स्पष्टोक्ति थियो। उनले भने-‘समाजवादले व्यक्तिभन्दा राज्य शक्तिशाली बनाउने कुरा गर्छ तर उहाँ व्यक्तिको अधिकारको लागि लड्नु भो।’

कार्यक्रममा बीपी चिन्तन प्रतिष्ठानका केन्द्रीय सदस्य देवराज चालिसे, नेपाली काङ्ग्रेस कास्कीका सभापति यज्ञबहादुर थापा, सहसभापति शोभियतबहादुर अधिकारी, सचिव युवराज कुँवर, नेपाली ट्रेड युनियन काङ्ग्रेसका मुरारी पौडेल, नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष आनन्दराज मुल्मी, भोला थापा, मनोज गुरुङ, तारा अधिकारी, नेपाल स्वास्थ्यकर्मी सङ्घका नारायण बराललगायतले बोलेका थिए।

कार्यक्रममा हीरामणि सुवेदीले बीपीको विषयमा लेखिएको कवितावाचन गरेका थिए।

बीपी चिन्तन प्रतिष्ठान कास्कीका अध्यक्ष झपिन्द्रराज आचार्यको अध्यक्षतामा भएको कार्यक्रम स्वागत कोषाध्यक्ष धर्मदत्त ढुङ्गाना र सञ्चालन सचिव देवेन्द्र रानाभाटले गरेका थिए।

प्रतिष्ठानले ३१ औं बीपी स्मृति दिवसको सर्न्दर्भमा आयोजना गरेको कार्यक्रममा तीन सय बढीले सहभागिता रहेको थियो।

- अादर्श समाज सम्वाददाता