बंगलादेश र भारत यु-१६ साफ फुटबलको सेमिफाइनलमा

पोखरा, ८ साउन।बंगलादेश र भारत काठमाडौंमा जारी दोस्रो यु-१६ साफ च्याम्पियनसीप फुटबल प्रतियोगिताअन्तर्गत समूह बी बाट सेमिफाइनलमा प्रवेश गरेका छन्।

आर्मीको खेलमैदानमा मङ्गलबार भएको खेलमा बंगलादेशले  श्रीलंकालाई ३-१ ले पराजित गर्दै सेमिफाइन्लमा प्रवेश गरेको हो।

बंगलादेशका लागि टुटुलले दुर्इ तथा टोलिकुल इस्लामले एक गोल गरेका थिए। श्रीलंकाको तर्फबाट भने निरेशले सान्त्वना गोल फर्काएका थिए।

तीन टीम मात्र रहेको यो समूहमा श्रीलंका दुवै खेलमा पराजित भएपछि भारत र बंगलादेश सेमिफाइनलमा पुग्ने भाग्यमानी टीम बनेका हुन्।

अब यी दुर्इ टीमबीचको अन्तिम खेलले समूह विजेताको टु·ो लगाउने छ।

यसअघि सोमबार भएको खेलमा नेपालले अफगानिस्तानसँग एक-एक गोलको बराबरी खेलेको थियो। बराबरीपछि समूह ए बाट नेपाल चार अड्ढसहित शीर्ष स्थानमै यथावत छ भने अफगानिस्तान दुर्इ अड्ढसहित दोस्रो स्थानमा छ।

समान अड्ढ भए पनि पाकिस्तान तेस्रो स्थानमा छ भने एक अड्ढ जोडेको भूटान अन्तिममा छ।बुधबार नेपालले पाकिस्तानसँग लिगचरणको अन्तिम खेल खेल्नेछ।सेमिफाइनलमा प्रवेश गर्न नेपालले पाकिस्तानलाई जित्नैपर्ने हुन्छ।

बुधबारको खेलमा पाकिस्तानसँग बराबरी खेले मात्रै पनि नेपाल सेमिफाइनलमा पुग्नेछ।

- अादर्श समाज सम्वाददाता