सात टीम कोकाकोला कपको क्वाटरफाइनलमा

पोखरा, ८ साउन।कास्की जिल्ला फुटबल सङ्घको संयोजनमा पोखरा र·शालामा जारी कास्की जिल्लास्तरीय कोकाकोला कप अन्तर विद्यालय छात्रछात्रा छनौट प्रतियोगिताअन्तर्गत म·लबार छात्रर्फ प्रिक्वाटरफाइनलका पाँच खेल सम्पन्न भएका छन्।

सम्पन्न खेलमा जीत हासिल गर्दै बेसलाइन, सोसल पब्लिक, रेन्बो एकेडेमी, शान्ति निकञ्ज र नेपाल आदर्श क्वाटरफाइनलमा प्रवेश गरेका छन्।

प्रतिस्पर्धात्मक खेलमा ज्ञानुबावालाई टाइब्रेकरमा ६-३ ले पराजित गर्दै बेसलाइनले अन्तिम आठमा स्थान बनायो। निर्धारित समयको खेल एक-एक गोलको बराबरीमा टु·एिको थियो।

रेन्बोले पनि मेरीगोल्डलाई टाइब्रेकरमै पाखा लगायो। निर्धारित समयको खेल एक-एक गोलको बराबरीमा सकिएपछि रेन्बोले ५-४ गोलले खेल आफ्नो पक्षमा पार्‍यो।

अन्य खेलमा सोसल पब्लिकले शुक्रराज माविलाई २-० ले, शान्ति निकुञ्ले टप्सलाई १-० ले तथा नेपाल आदर्शले शिवशक्तिलाई ३-० गोलले पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनाएका हुन्।छात्रातर्फ शान्ति निकुञ्जले रेन्बो एकेडेमीलाई १-० गोलको झिनो अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनाएको थियो।

- अादर्श समाज सम्वाददाता