वर्षा तथा चक्रवातका कारण कम्तीमा तीन सयको मृत्यु वा हराए

बेइजिङ, ३१ असार।चीनमा वर्षा, हुरी तथा उष्णप्रदेशीय चक्रवात साउलिकका कारण कम्तीमा २९५ व्यक्तिको मृत्यु भएको वा उनीहरु हराइरहेको पुष्टि भएको जानकारी त्यहाँको प्रशासनले सोमबार दिएको छ।

मुसलधार पानीले दक्षिणपश्चिमी प्रान्त सिचुआँलाई जुलाई ७ देखि प्रभावित बनाएको थियो र हालसम्म त्यहाँ ६८ व्यक्तिको मृत्यु भएको छ। नागरिक मामिला मन्त्रालयले हाल त्यहाँ अन्य १७९ व्यक्ति हराइरहेको जानकारी दिएको छ।

अधिक वर्षा तथा पहाडी क्षेत्रमा मुसलधार वर्षाका कारण मुलुकका अन्य भागमा पनि ४१ व्यक्तिको मृत्यु भएको वा उनीहरु हराइरहेको मन्त्रालयले उल्लेख गरेको छ।

गुआङडोङमा तीनभन्दा बढी व्यक्तिको मृत्यु भएको जानकारी दिइएको छ। गुआङसीको पर्यटकीय क्षेत्र बन्द गरिएको छ र बाढीले माथिल्लो भागमा बाँध भत्कदा आएको बाढीका कारण आठ व्यक्तिको मृत्यु भएको समाचार सिन्हृवा समाचार संस्थाले दिएको छ।

अधिकारीहरुले यस उष्णप्रदेशीय चक्रवातका कारण भएको क्षतिको लागत निकालिरहेका छन्। वेनझाउको झेजियान नगरमा मात्र करिब तीन करोड ४० लाख अमेरिकी डलर बराबर क्षति भएको अनुमान गरिएको छ।

- रासस/एएफपी