भानु जयन्तीमा ज्येष्ठ नागरिक सम्मानित

पोखरा, ३१ असार।२०० औं भानु जयन्तीको अवसर पारेर भानु टोल मार्ग विकास संस्था पोखरा-१० रामघाटको दक्षिण र उत्तर सिमानामा राखिएको टोल परिचय बोर्डको शनिबार अनावरण गरियो।

साहित्यकार तीर्थराज अधिकारी र समाजसेवी शिवप्रसाद गौतमको सौजन्यतामा बोर्ड निर्माण गरिएको हो।

सोही कार्यक्रममा टोलका ज्येष्ठ नागरिक ९१ वर्षीया वसन्ती देवकोटा, ८७ वर्षीय ले. धनबहादुर गुरुङ, ८६ वर्षीया भाइसुबा गुरुङ, ८३ वर्षीया ननदकुमारी गुरुङ, ८४ वर्षका केशव गौतम र ८० वर्षका मेजर तोयबहादुर चन्दलाई प्रमुख अतिथि साहित्यकार सरुभक्त श्रेष्ठले दोसल्ला ओढाएर सम्मान गरेका थिए।

त्यस अवसरमा प्रमुख अतिथि सरुभक्त श्रेष्ठले टोलवासी मिलेर आफ्नो टोलको विकासका काममा लागेको देखेर आफू ज्यादै उत्साहित भएको बताए। उनले टोल परिचयन बोर्डमा भानुभक्त फोटो अड्ढति भएको देखेर आफू ज्यादै खुसी भएको बताए।

टोलका अध्यक्ष शारदा गौतमको अध्यक्षतामा भएको उक्त कार्यक्रममा भानुजयन्ती मूल समारोह समितिका संयोजक निरज थापा, गीता शान्ति मार्गका अध्यक्ष तोयनाथ गौतम, रामघाट आमा समूहकी अध्यक्ष अनिता तिमिल्सिना लगायतले आ-आफ्ना भनाइ राखेका थिए।

सचिव माधव न्यौपानेले सञ्चालन गरेको उक्त कार्यक्रममा उपाध्यक्ष खड्गबहादुर गुरुङ, भूपति गौतमलगायतले बोलेका थिए।

- अादर्श समाज सम्वाददाता