सञ्चारमन्त्रीलाई ज्ञापनपत्र

काठमाडौँ, ३१ असार। विभिन्न सञ्चारमाध्यामका सञ्चालकले हाल सञ्चार नीति ल्याउन नहुने माग राखी सोमबार सूचना तथा सञ्चारमन्त्री माधवप्रसाद पौडेललाई ज्ञापनपत्र बुझाएका छन्।

नेपाल मिडिया सोसाइटी, टेलिभिजन ब्रोडकास्र्र्टस नेपाल, ब्रोडकास्िटङ एसोसिएसन अफ नेपाल, सामुदायिक रेडियो प्रसारक सङ्घल र  रेडियो ब्रोडकास्र्र्टस फोरम नेपालका प्रतिनिधिले मुलुकमा जननिर्वाचित संस्था नरहेको अहिलेको अवस्थामा सो नीति तथा ऐन ल्याउन नहुने माग गरेका हुन्।

मुलुकमा संविधान नबनेसम्म संविधान र कानुनसँग सम्बन्धित विषयमा सञ्चार नीति र नयाँ ऐन कार्यान्वयन गर्न नसकिने बताउँदै ज्ञापनपत्रमा विश्वव्यापी प्रेस स्वतन्त्रताको सिद्धान्तअनुसार सञ्चार नीति निर्माण गर्न संसद् आवश्यक रहेकाले सरका निर्वाचन सम्पन्न गराउन अग्रसर हुनुपर्ने सो ज्ञापनपत्रमा उल्लेख  छ। रेडियो प्रसारक सङ्घका अध्यक्ष विष्णुहरि ढकालले सूचना तथा सञ्चार मन्त्रालयले केही समयदेखि सञ्चार नीतिनिर्माणका लागि छलफल चलाइरहेको भए पनि त्यसलाई कार्यान्वयन गर्न निर्वाचन भई संसद् गठन हुनुपर्ने बताए।

सो ज्ञापनपत्र बुझेपछि मन्त्री पौडेलले विज्ञ तथा सरोकार भएकाहरूको परामर्श र छलफलमा मात्र सञ्चार नीति तथा ऐन निर्माण गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको रेडियो प्रसारक सङ्घका अध्यक्ष ढकालले जानकारी दिए।

- रासस