पोखरा र कुनमिङ्गबीच भगिनी सम्बन्धमा हस्ताक्षर, बहुपक्षीय सहयोग आदानप्रदान गर्ने प्रतिवद्धता

कुनमिङ, ८ जुलाइ। पोखरा र कुनमि· नगरबीच सोमबार भगिनी सम्बन्ध स्थापनाका लागि औपचारिक सम्झौता पत्रमा हस्ताक्षर भएको छ।

कुनमि·मा आयोजित समारोहमा पोखरा उपमहानगरपालिकाका प्रमुख झलकराम अधिकारी र कुनमि· नगर जनसरकार प्रमुख लि वेनर·ले सम्झौता पत्रमा हस्ताक्षर गरी सम्बन्धलाई औपचारिकता प्रदान गरेका हुन्।

समारोहलाई सम्बोधन गर्दै कुनमि· नगरका प्रमुख लि ले उक्त क्षण विशेष दिन भएको बताउँदै भगिनी सम्बन्धलाई संस्थागत गर्न आफूले कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता व्यक्त गरे।

जैविक विविधता र जनजातिका कारण धनी यस नगरमा तपाईलाई स्वागत छ, नगर प्रमुख लि ले भने,(‘आजको यो हस्ताक्षरले दुर्इपक्षीय सम्बन्ध सुमधुर र दह्रो बनाउन सघाउनेमा म विश्वस्त छु।’

हस्ताक्षर समारोहमा प्रत्युत्तर मन्तव्य व्यक्त गर्दै पोखरा उपमहानगरपालिकाका प्रमुख झलकराम अधिकारीले कुनम·जिस्तो शक्तिशाली र पूर्वाधार सम्पन्न सहरसँग भगिनी सम्बन्ध स्थापना गर्न पाएकोमा खुशी व्यक्त गरे।

उनले आगामी दिनमा विकास निर्माण, पर्यटन प्रवर्द्धन, सरसफाइ व्यवस्थापन लगायतको क्षेत्रमा दुर्इ नगरबीच सहयोग आदानप्रदान हुने विश्वास व्यक्त गरे। अधिकारीले कुनमि· नगरका प्रमुख लिलाई चाँडै पोखरा भ्रमणको निम्तोसमेत दिए। हस्ताक्षर समारोहपछि आयोजित दिवाभोजका क्रममा पोखरा उपमहानगरपालिकाको प्रमुख अधिकारीले पोखराको विकासका लागि तीन वटा महत्वपूर्ण विकास योजनासमेत प्रस्तुत गरे।

पोखराको हरिचोक, जिरो किमी छ लेन सडक विस्तार, फेवातालमा जाने ढलको डाइभसन र व्यस्त चार वटाचोकमा आकाशेपुल अहिले पोखराको आवश्यकता हो, उनले भने(‘यसका लागि म कुनमि· नगरका प्रमुखमार्फत् चीन सरकारलाई आग्रह गर्दछु।’

कुनमिङ्ग नगरका प्रमुख लि ले पनि यो सम्बन्ध नाम, काम र भावना सबै हिसाबले महत्वपूर्ण बनाउने बताउँदै आजदेखि पोखरा र कुनमिङ्गबीच दाजुभाइ र दिदीबहिनीको सम्बन्ध स्थापित भएको घोषणा गरे। उनले यो सम्बन्ध दुर्इ नगरपालिकाबीच मात्र सीमित नभइ जनता-जनता र पर्यटन प्रवर्द्धनलगायतका बहुपक्षीय क्षेत्रमा सम्बन्ध विस्तार हुने प्रतिवद्धता व्यक्त गरे।

दिवाभोजमा स्वागत गर्दै कुनमि· नगरका उपप्रमुख रून फे·विनले आजदेखि कुनमि· र पोखरा बीच मित्रता, सहयोग र आत्मियताको नयाँ अध्याय सुरू भएको बताए। हस्ताक्षर समारोहमा पोखरा उपमहानगरपालिकाको तर्फबाट कलात्मक आँखीझ्याल, वीरताको चिनो खुकुरी र बुद्धको प्रतिमा उपहारस्वरूप प्रदान गरिएको थियो।

हस्ताक्षर समारोहका लागि कुनमि· पुगेको १५ सदस्यीय प्रतिनिधिमण्डल मंगलबार पोखरा फकर्ने सञ्चारकर्मी दिपेन्द्र श्रेष्ठले जानकारी दिए।

- अादर्श समाज सम्वाददाता