लैङगिक विविधता तथा सामाजिक समावेशीकरण तालिम शुभारम्भ

पोखरा, २३ असार।नेपाल रेडक्रस सोसाइटी कास्की शाखाको आयोजनामा उपशाखा पोखरा-६ को व्यवस्थापनमा लै·कि विविधता एवं सामाजिक समावेशीकरण विषयक दुर्इ दिने प्रशिक्षण कार्यक्रम आइतबार पोखरामा शुभारम्भ भयो।

तालिममा कास्की जिल्लाका २० वटा उपशाखाबाट ४० जनाको सहभागिता रहेको छ।तालिमको शुभारम्भ गर्दै रेडक्रस कास्कीका सभापति रामप्रसाद ज्ञवालीले लै·कि विभेदता हटाउन पुरुष र महिलामा मात्र सीमित नराखी तेस्रो लि·ीहरूलाई समेत ध्यान पुर्‍याउनुपर्नेमा जोड दिए।

कार्यक्रममा सोसाइटी कास्की शाखाका शिवप्रसाद कोइराला, उपमन्त्री कृष्ण तिमिल्सिना, कोषाध्यक्ष दण्डराज शर्मा, केन्द्रीय कार्यक्रम अधिकृत विजय अधिकारी, वरिष्ठ प्रशासक खेमराज सापकोटा, सदस्य सुरेन्द्र गुरुङ, लै·कि तथा समावेशीकरण समितिका संयोजक उर्मिला खड्का, नौलो बिहानीका संयोजक राजु थकालीलगायतले आ-आफ्ना भनाइ राखेका थिए।

उपशाखा पोखरा-६ का सभापति म·लबहादुर नेपालीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा धु्रवबहादुर क्षत्री र शशिकला बरालले पनि बोलेका थिए।केन्द्रले नेपालको ७५ जिल्लामा लै·कि तथा समावेशीकरण विशषमा मूल्याड्ढन गर्दा चार पटकसम्म रेडक्रस कास्की शाखाले राष्ट्रियस्तरमा लगातार प्रथम स्थान प्राप्त गर्न सफल भएको छ।

- अादर्श समाज सम्वाददाता