विदेशी भूमिमा नेपाली चेलीको सङ्गीत मोह

पोखरा, २३ असार।पर्वतकी एक चेलीले विदेशी भुमिमा रहेर पनि नेपाली गीतस·ीतको उत्थानका लागि सक्रियता देखाएकी छिन्।

साहित्यमा अत्यन्तै रुची राख्ने पर्वत पाङराङ घर भई अहिलेर्र् इजरायलमा रोजगारीको सिलसिलामा पुगेकी दिपिका भुषाललेर्र् इजरायलबाटै नयाँ गित आईतबार सार्वजनिक गर्नुभएको छ।

सानैदेखि गजल, कविता र गीत लेख्दै आएकी भूषालको शब्दलेखनमा पीडा दिने निष्ठूरीलाई बोलको गित र्सार्वजनिक भएको हो। इजरायलमै एक औपचारिक कार्यक्रम आयोजना गरी गितको म्यूजिक भिडियो सार्वजनिक गरिएको भूषालले जानकारी दिनुभयो।

गीतमा विपिन आचार्यले स·ीत भर्नुभएको छ भने मान्धवी त्रिपाठीले स्वर दिनुभएको छ। दिपिका भूषालको उक्त गीत आशिका एल्वममा समावेश गरिएको छ।

म्यूजिक भिडियोको छायाड्ढन, निर्देशन तथा सम्पादन विपिन तामाङले गर्नुभएको छ। दिपिका भुसालकै रचनाका अन्य गीत तथा गजलहरूको म्यूजिक भिडियोको छायाड्ढनको तयारी पनि भैरहेको निर्देशक तामाङले बताउनुभयो।

गीतको छायाड्ढनमा तिन जना बीचको प्रेम सम्बन्धलाई देखाइएको छ। एउटै प्रेमीसँग दुर्इ प्रेमिकाहरूको प्रेम सम्बन्ध देखाइएको छ।

- अादर्श समाज सम्वाददाता