असार २४, २०७०

मेषः मनोकाँक्षा सिद्धिको योग, नयाँ काम र आम्दानीका स्रोतहरू देखापर्ने।

बृषः अदृश्य बाधा परेको छ। गर्नुपर्ने काममा ध्यान जाने, अवसर फुत्कने छ।

मिथुनः नेतृत्वदायक कार्य सफल, सामाजिक प्रतिष्ठा र खुसीयाली बढ्ला।

कर्कटः बोलिको प्रभाव पर्ने, अरु व्यक्तिहरू प्रभावित हुने, सञ्चित धन खर्च।

सिंहः पराक्रम बढ्ने, महत्त्वपूर्ण काम गर्न सकिने, आत्मविश्वास बढ्ने।

कन्याः व्यापारमा प्रगति, मातृसुख मिल्ने, लगानी सही ठाउँमा हुने छ।

तुलाः दूरदर्शी सोचाइ रहने, भविष्यका काम व्यवहारमा सफलता मिल्ने छ।

वृश्चिकः प्रतिस्पर्धात्मक काम गर्नुपर्ने, कमजोरीको फाइदा लिनेहरू जाग्ने।

धनुः दाम्पत्य खुसीयाली छाउने, देशदेशान्तरबाट शुभ समाचार मिल्ने छ।

मकर: चञ्चलपन रहने, गर्नुपर्ने कार्यमा ध्यान नपुग्ला, अवसर फुत्कने छ।

कुम्भः माङ्गलिक कार्यमा सहभागिता रहने, धार्मिक कार्यमा खर्च हुने छ।

मीनः कर्म भाव खुलेको छ, सुवर्णअवसर मिल्ने, उच्च मनोबल हुने छ।

- अादर्श समाज सम्वाददाता