मन्त्रिपरिषद् अध्यक्षविरुद्धको रिट सुनुवाइ दुर्इ चरणमा

काठमाडौं, २० असार।अन्तरिम चुनावी मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीविरुद्ध परेका रिटहरूको सुनुवाइ दुर्इ चरणमा हुने भएको छ।

सवोर्च्चले रेग्मी नेतृत्वको सरकार बन्नुअघि र पछि परेका एकै प्रकृतिका रिटहरूको सुनुवाइ साउनमा दुर्इ चरणमा गर्ने भएको हो।

बिहीबार विशेष इजलासले रेग्मी मन्त्रिपरिषद् अध्यक्ष बन्नुअघि परेका रिटहरूको सुनुवाई छुट्टै इजलासमा गर्ने र पछि दायर भएका रिटहरूको एकमुष्ठ सुनुवाइ विशेष इजलासमा गर्न आदेश दिएको हो।

रेग्मी मन्त्रिपरिषद् अध्यक्ष बन्नुअघि १७ वटा र पछि सात गरी २४ वटा मुद्दा दायर भएका छन्। रेग्मी मन्त्रिपरिषद् अध्यक्ष बनिसकेपछि परेका रिटहरूको एकमुष्ट सुनुवाइ साउन १७ गतेपछि लगातार हुने र टु·ो लगाइने सवोर्च्च अदालतले जनाएको छ।

सुनुवाइमा कायममुकायम प्रधानन्यायाधीशसहित न्यायाधीश रामकुमारप्रसाद शाह, गिरीशचन्द्र लाल, सुशीला कार्की, प्रकाश वस्ती, वैजनाथ उपाध्याय, तर्कराज भट्ट, ज्ञानेन्द्रबहादुर कार्की र डा. भरतबहादुर कार्कीलगायत सहभागी रहेका थिए। यसअघि सवोर्च्चको विशेष इजलासले रेग्मीविरुद्ध परेका सबै रिटहरू पेश गर्न आदेश दिँदै एकमुष्ट सुनुवाइ आजका लागि तोकेको थियो। रेग्मी प्रधानन्यायाधीशको आचारसंहिता २०६५ र संविधानको धारा १०६ विपरीत मन्त्रिपरिषद् अध्यक्ष भएको भन्दै उनीविरुद्ध रिटहरू परेका छन्। रिटहरूमा रेग्मीले प्रधानन्यायाधीशको पदबाट राजीनामा दिनुपर्ने उल्लेख छ। राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री कार्यालय, प्रधानमन्त्री, विभिन्न दललाई विपक्षी बनाएर अदालतमा दायर भएका रिटमाथिको पेशी पटक-पटक सर्दै आएको थियो।

- अादर्श समाज सम्वाददाता