इजिप्टका अपदस्थ राष्ट्रपति मोर्र्सीनाको नियन्त्रणमा, नयाँ राष्ट्रपतिद्वारा सपथ ग्रहण

काइरो, २० असार। इजिप्टका प्रधानन्यायाधीश एड्ली अल-मनसुरले बिहीबार अन्तरिम राष्ट्रपति पदको सपथ ग्रहण गरेका छन्। यसअघि सेनाले पूव राष्ट्रपति मोहमद मोर्र्सीलाई अपदस्थ गर्दै हिरासतमा लिएको थियो। यसरी उनको कार्यकाल एकै वर्षमा सकिएको थियो।

सुरक्षा सेनाले पूव राष्ट्रपति मोर्र्सीीा उच्च सहयोगी तथा मुस्िलम ब्रदरहुड आन्दोलनका सदस्यहरूको खोजी गरिरहेको विभिन्न स्रोतले बताएका छन्।

जून ३० मा इजिप्टमा व्यापक प्रदर्शन भएपछि सेनाले तत्कालीन राष्ट्रपति मोर्र्सीीाई समस्या समाधान गर्न ४८ घण्टाको समय दिएको थियो। यसपछि बुधबार उनको सरकार पतन भएको थियो।

मनसुरले सवोर्च्च संवैधानिक अदालतमा आयोजित एक कार्यक्रममा अन्तरिम राष्ट्रपति पदको सपथ ग्रहण गर्नुभएको थियो। यस कार्यक्रमलाई राष्ट्रिय टेलिभिजनले प्रत्यक्ष प्रसारण गरेका थिए। सशस्त्र सेनाका प्रमुख अब्देल फताह अल-सिसीले बुधबार टेलिभिजनमा राष्ट्रपति मोर्र्सीी गहिरिँदै गएको राजनीतिक सड्ढट समाधान गर्न असफल भएको बताउँदै उनलाई पदच्युत गरिएको बताए।  आफ्नो भाषणमा सेना प्रमुख सिसीले राजनीतिक सङ्क्रमणको मार्गचित्र पनि दिएका थिए।

उनले इस्लामीहरूले मस्यौदा गरेको संविधान पनि स्थगन गरिने र राष्ट्रपतिको निर्वाचन छिट्टै हुने बताए।

सशस्त्र सेना तथा हतियार मुलुकभर तैनाथ गरिएको छ र सेना राजनीतिबाट पृथक रहने बताइएको छ।

सेनाको योजना अनुसार ६७ वषीय मनसुरले नयाँ निर्वाचन नभएसम्म अन्तरिम राष्ट्रपतिको पदभार सम्हाल्ने छन्।

सेना प्रमुख सिसी बोलिरहेको समयमा सेनाले मुस्िलम ब्रदरहुडका प्रमुख नेताहरूलाई पक्राउ गर्न थालेको थियो। सरकारी आमसञ्चारले करिब ३०० जना पक्राउ आदेश जारी गरिएको जानकारी दिएको छ। आधिकारिक मेना समाचार संस्थाले अपदस्थ राष्ट्रपति मोर्र्सीीो प्रिmडम जस्िटस पार्टीीा प्रमुख साद अल-कटाट्नी तथा मुस्िलम ब्रदरहुडका उपप्रमुख रसाद बायुमीलाई पक्राउ गरी कारागारमा पठाइएको जानकारी अधिकारीहरूले दिए भनी उल्लेख गरेको छ।

मुस्िलम ब्रदरहुडका सवोर्च्च नेता मोहम्मद बादी तथा प्रथम उपप्रमुख खैरात एल-सातेरमाथि पनि पक्राउ आदेश जारी गरिएको न्यायिक स्रोतले जानकारी दिएको छ। उनीहरूले आइतबार मुस्िलम ब्रदरहुडको मुख्यालयबाहिर मानवहत्या गर्न उक्साएको आरोप लगाइएको जानकारी स्रोतले दिएको छ।

एक वरिष्ठ सैनिक अधिकारीले मोर्र्सीीाई हाल निवारक नजरबन्दमा राखिएको जानकारी दिए। रासस/एएफपी

- अादर्श समाज सम्वाददाता