पत्रपत्रिका वर्गीकरण नतिजा सार्वजनिक, आदर्श समाज दैनिक राष्ट्रिक क वर्गमा

पोखरा, २० असार।प्रेस काउन्सिल नेपालले बिहीबार पत्रपत्रिका वर्गीकरण नतिजा सार्वजनिक गरेको छ।

जसअनुसार कास्की जिल्लाको पोखराबाट प्रकाशित भइरहेको आदर्श समाज दैनिक लगातार आठौं वर्षराष्ट्रिय दैनिकतर्फ क वर्गमा पर्न सफल भएको छ। आदर्श समाज २०६३ सादेखि लगाताररूपमा राष्ट्रिय दैनिकतर्फ क वर्गमा पर्दै आएको छ।

पोखराबाट प्रकाशित हुने अको दैनिक हाम्रो कलम राष्ट्रिय दैनिकअन्तर्गत ख वर्गमा परेको छ।

पोखराबाट प्रकाशित हुँदै आएका समाधान दैनिक, पोखरा आवाज, हिमदूत, गण्डकी खबर, पोखरा हटलाइन र गोल्डेन न्यूज दैनिक क्षेत्रीय दैनिक अन्तर्गतको क वर्गमा परेका छन्।

यस्तै पोखरापत्र दैनिक क्षेत्रीय दैनिकअन्तर्गत ख वर्गमा परेको छ।पोखराबाट प्रकाशित हुँदै आएका पोखरा भिन्तुना मासिक राष्ट्रियअन्तर्गतको घ तथा विमलिक त्रैमासिक राष्ट्रियअन्तर्गत ग वर्गमा परेका छन्।

साप्ताहिकतर्फ राष्ट्रिय स्वाभिमान र सराङकोट, फेवा पोस्ट, आरसी टाइम्स क्षेत्रीयअन्तर्गत ख वर्ग, कास्की सन्देश क्षेत्रीयअन्तर्गत ग वर्गमा परेका छन्। कास्की आवाज साप्ताहिक  ख वर्गमा परेको छ। यद्यपि कास्की आवाज यसैवर्षदेखि दैनिकरूपमा प्रकाशित हुँदै आएको छ।

पाक्षिकतर्फ पोखरा एक्सप्रेस क्षेत्रीयअन्तर्गतको ख वर्गमा परेको छ।

राष्ट्रिय दैनिकतर्फ काठमाडौंका १३ तथा काठमाडौंबाहिर कास्कीबाट आदर्श समाज, धनुषाबाट जनकपुर टुडे, पसाााट प्रतीक, दाङबाट नयाँ युगबोध, नवलपरासीबाट लुम्बिनी तथा रूपन्देहीबाट राष्ट्रियदैनिक, जनसङ्र्घष्ा र मेचीकाली गरी आठ वटा क वर्गमा पर्न सफल भएका छन्। वर्गीकरणको लागि फाराम भरेका आठ सय १७ वटा पत्रिकामध्ये सात सय १० पत्रिकाको मूल्याड्ढन वर्गीकरण भई विभिन्न वर्गमा परेका छन् भने बाँकी एक सय सात वटा विविध कारणले वर्गीकरणमा समावेश छैनन्। आ.व. २०६७/०६८ को पत्रपत्रिका वर्गीकरणमध्ये राष्ट्रिय क वर्गमा ८४, ख वर्गमा ९७, ग वर्गमा ४५ र घ वर्गमा ११ गरी दुर्इ सय ३७ वटा पत्रपत्रिका वर्गीकृत भएका छन्।

क्षेत्रीय क वर्गमा ३०, ख वर्गमा ८६ र ग वर्गमा ९० र घ वर्गमा ३४ गरी दुर्इ सय ४० वटा पत्रपत्रिका क्षेत्रीय वर्गमा वर्गीकरण भएका छन् भने स्थानीय क वर्गमा २१, ख वर्गमा ५६ र ग वर्गमा एक सय पाँच र घ वर्गमा ५१ गरी दुर्इ सय ३३ वटा स्थानीय वर्गमा वर्गीकरण भएका छन्। काउन्सिल सदस्य किशोर श्रेष्ठले पत्रपत्रिकाको स्तर खस्िकँदै गएको भन्दै चोरी पत्रकारिता र गोजी पत्रकारिता बढी भेटिएको बताए।

- अादर्श समाज सम्वाददाता