क्षत्री समाजद्वारा अखण्ड नेपाल पार्टी घोषणा

काठमाडौं, १३ जेठ।ब्राह्मण क्षत्रीको अधिकारको पक्षमा वकालत गर्न अखण्ड नेपाल पार्टीकोघोषणा भएको छ।

क्षत्री समाजमा सक्रिय कुमार खड्काको अध्यक्षतामा गठित विभिन्न समुदायका प्रतिनिधिलाई उपाध्यक्ष र सचिव बनाइएको छ।

काठमाडौको खुल्लामञ्चमा कार्यक्रमको आयोजना गरि अखण्ड नेपाल पार्टीकोघोषणा गरिएको हो।

घोषणासभामा बोल्ने वक्ताले प्रमुख चारदलले नेपाललाइ असफल राष्ट्र बनाएको आरोप लगाउँदै नयाँ पार्टी घोषणा गर्नुपरेको बताए।

दलित, जनजाती र मधेशीहरुलाइ समेत समेटिएपछि अखण्ड नेपाल पार्टीकाअधिकांश अनुहार ब्राह्मण, क्षत्री समुदायमा आबद्ध व्यक्तिहरु सहभागी छन्।

उनीहरुले आफूहरुको पार्टी संघीयता विरोधी नभएको र सबै जातजातिको अधिकारको पक्षमा काम गर्ने प्रतिबद्धता जनाएका छन्।

कार्यक्रमलाइ सम्वोधन गर्दै अखण्ड नेपाल पार्टी घोषणा सभामा क्षत्री समाजका अध्यक्ष डा. क्षत्रीले ठूला दलले नेपाली जनतालाई अपमान गरेका कारण नयाँ पार्टी गठन गर्नुपरेको बताए।

प्रमुख दलका शीर्षनेताले ब्राह्मण, क्षत्री समुदायलाई अपमान गरेका कारण आफूहरु नयाँ पार्टी गठन गर्नुपरेको दाबी गरे।

अखण्ड नेपाल पार्टीले २०४६ सालयता सरकारमा गएर नेताहरुले लुटेको सम्पत्ति राष्ट्रियकरण गरेर भष्ट नेतालाइ जेल हाल्ने चेतावनी दिएको छ। घोषणासभामा अखण्ड नेपाल पार्टीकामहासचिव प्राध्यापाक डा. नन्दबहादुर सिंहले सरकारमा बसेर काँगे्रस, एमाले र माओवादीको नेताले लुटेको राष्ट्रिय सम्पत्ति फिर्ता गराउने बताएका हुन्।

- अादर्श समाज सम्वाददाता