बङ्गलादेशमा नेचुरल्ली नेपाल,पोखराका कलाकारद्वारा सांस्कृतिक कार्यक्रम प्रस्तुत

ढाका, २२ वैशाख।पोखराबाट गएको नेपाली सांस्कृतिक टोलीले ब·लादेशको राजधानी ढाकामा शनिबार सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्‍यो।

नेपाली राजदूतावासद्वारा आयोजित नेचुरल्ली नेपाल : टुरिजम एण्ड कल्चर इभिनिङ् कार्यक्रममा उक्त सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको हो। ओइको लिमिटेड ढाकाको निमन्त्रणामा ब·लादेशको एक हप्ते भ्रमणमा गएको अलिमियाँ लोक वाङ्मय प्रतिष्ठानको टोलीले सांस्कृतिक कार्यक्रम प्रदर्शन गरेको थियो।

प्राज्ञ हरिदेवी कोइराला, लोक गायकद्वय पद्वराज ढकाल र धनबहादुर गायक, प्रीति गुरुङ र सन्तोष गुरुङसहितका कलाकारले गीत तथा नृत्य प्रस्तुत गरेर कार्यक्रममा सहभागीलाई रोमाञ्चित बनाएका थिए। यसअघि कार्यक्रममा नेपालको प्राकृतिक सौर्न्दर्य सम्बन्धी वृत्तचित्र प्रदर्शन गरिएको थियो।

कार्यक्रममा प्रमुख अतिथि ब·लादेशी प्रधानमन्त्रीका अन्तर्राष्ट्रिय मामिलासम्बन्धी सल्लाहकार प्रोफेसर ग्रोवर रिज्वीले दुर्इ देश बीचको पर्यटन तथा व्यापारिक क्षेत्रको प्रवर्द्धनलाई मजबुत बनाउनुपर्नेमा जोड दिए।

ब·लादेशका लागि नेपाली राजदूत हरिकुमार श्रेष्ठले स्वागत मन्तव्य राख्दै नेपालको आर्थिक मेरुदण्डको रूपमा पर्यटन क्षेत्र रहेको उल्लेख गर्दै प्राकृतिक सुन्दरता र सांस्कृतिक विविधताले नेपाल धनी रहेको बताए।

उक्त कार्यक्रममा बङ्गलादेशस्थित विभिन्न देशका राजदूत, पर्यटन सँग सम्बन्धित प्रतिनिधिहरू, लेखक, कलाकार र सञ्चारकर्मीको उल्लेखनीय सहभागिता रहेको थियो।

नेपाली सांस्कृतिक टोलीमा अलि मियाँ लोक वाङ्मय प्रतिष्ठानका अध्यक्ष हनिफ मियाँ, प्राज्ञ हरिदेवी कोइराला, लोकगायक पद्मराज ढकाल, स्वतन्त्र पत्रकार सङ्घ नेपालका अध्यक्ष कृष्णप्रसाद बास्तोला रहेका थिए।

यसैगरी टोलीमायसैग प्राध्यापक दुर्गा दाहाल, साहित्यकार राजेन्द्र गुरागाई, कृष्ण भण्डारी मुमुक्षु,    सङ्गीतकार धनबहादुर गायक, रीता पहारी, लोकचन्द्र खनाल, धर्मराज पौडेल, जैनव खातुन, कलाकारहरू प्रीति गुरुङ र सन्तोष तामाङ रहेका थिए। सांस्कृतिक टोली आइतबार स्वदेश फर्किएको छ।

- अादर्श समाज सम्वाददाता