हिस्टानको अध्यक्षमा सुवेदी डा.एलियाम्मा जोन सम्मानित

पोखरा, २६ चैत। उच्च माध्यमिक शिक्षक एशोसिएसन नेपाल (हिस्टान) को चौंथो राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा दीपकराज सुवेदी चयन भएका छन्। काठमाडौंमा सम्पन्न महाधिवेसनले आगामी तीन वर्षका लागि सुवेदीको अध्यक्षतामा नयाँ केन्द्रीय समिति चयन गरिएको हो।

यसैगरी वरिष्ठ उपाध्यक्षमा विक्रम पोखरेल र उपाध्यक्षहरूमा रामप्रसाद ढकाल, षडानन्द गौतम, अम्बिका घिमिरेलगायत आठ जना, महासचिवमा पुष्प न्यौपाने, कोषाध्यक्षमा दीपेन्द्र कार्की, सहकोषाध्यक्षमा पुष्पराज लोहनी चयन भए। नवराज ढकाल, राजेन्द्र खनाल, हिमराज पौडेलसमेत सात जना सचिव, १६ जना सचिवालय सदस्य, ३३ जना भूगोल क्षेत्रबाट, १६ जना खुल्ला क्षेत्रबाट सात जना महिला, सात जना आदिवासी जनजाति तथा दुर्गम क्षेत्रबाट गरी जम्मा एक सय एक जना सदस्यीय केन्द्रीय कार्यसमिति चयन गरिएको  हो।

नवनिर्वाचित कार्यसमितिको प्रथम बैठकले थप दुर्इ जनालाई मनोनित गरी एक सय तीन सदस्यीय कार्यसमिति बनाएको हो।

बैठकले चिरनाथ दाहाल, पूर्वअध्यक्ष सुरेन्द्र थापा र सागर भट्टराईलाई केन्द्रीय सल्लाहकारमा र अधिवक्ता डि.पि. अधिकारीलाई केन्द्रीय कानुनी सल्लाहकारमा मनोनयन गरेको छ।

नवनिर्वाचित कार्यसमितिमा गण्डकी धौलागिरी क्षेत्रबाट चयन भई आएका केन्द्रीय पदाधिकारीहरूमध्येमा उपाध्यक्षमा षडानन्द गौतम र अम्बिका घिमिरे, सचिवमा नवराज ढकाल र हिमराज पौडेल तथा केन्द्रीय सदस्यहरूमा महेन्द्र रिमाल, शिशुकला पौडेल, नारायणी पहारी, हिमलाल पराजुली, ठाकुरप्रसाद पोखरेल, केशरबहादुर खड्का, रामचन्द्र घिमिरे, कुशलबहादुर भट्टराई, तोयनाथ सापकोटा, रमेश पन्त, कुलप्रसाद सापकोटा, दुर्गा पाण्डे, रूद्रनाथ पोखरेल, सरोज पन्त र हरिराज जोशी चयन भएका हुन्।

महाधिवेसनमा देशभरिका उच्च माविहरूबाट प्रतिनिधित्व रहने गरी तीन सय ५० जना प्रतिनिधि शिक्षकहरू सहभागी थिए।

यसैबीच, देशभरबाट उत्कृष्ट प्राचार्यहरूमध्येमा अमरसिंह नमूना उच्च मा.वि. पोखराका प्राचार्य डा.एलियाम्मा जोन, उत्कृष्ट व्यवस्थापन समिति अध्यक्षहरूमध्येमा श्री बालसिद्ध उच्च मावि केवरेभञ्ज्या·, स्याङ्जाका व्यवस्थापन समिति अध्यक्ष लक्ष्मीकान्त रेग्मी र उच्च माध्यमिक शिक्षक एशोसिएसन नेपालका पूर्वअध्यक्ष चन्द्र ढकाललाई सम्मान गरिएको थियो।

- अादर्श समाज सम्वाददाता