भारतमा पाँच नेपाली परिवारद्वारा आत्मदाह

काठमाडौं, २२ चैत।भारतको अहमदावादमा नेपाली परिवारले आत्मदाह प्रयास गरेका तीन जनाको मृत्यु भएको छ भने दुर्इजना घाइते भएका छन्।

भारतको अहमेदवादस्थित राजकोट नगरपालिकाको कार्यालय अगाडि उनीहरूले आफ्नै शरीरमा आगो लगाउँदा जलेर तीन जनाको मृत्यु भएको हो। नगरपालिकाका अधिकारीले गैरकानुनी ढ·ले नेपाली बस्ती हटाउने योजना गरिरहेका बेला उनीहरूले आत्मदाहको प्रयास गरेका हुन्।

बस्ती हटाउँदा आफ्नो बिचल्ली हुने भन्दै ती परिवारका तीन जना महिला नगरपालिकाको कार्यालयमै गई मट्टतिेल शरीरमा खन्याई आत्मदाह गरेको विभिन्न भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

बस्ती उठाउने भन्दै आफ्ना घर टहरा भत्काउन सुरु गरेपछि त्यसको विरुद्धमा उनीहरूले आत्मदाह गरेको बताइएको छ। मृतकको नाम भने खुल्न सकेको छैन।

- अादर्श समाज सम्वाददाता