मलेसियामा भएको झडपमा तीन नेपाली घाइते

काठमाडौं, १२ चैत ।मलेसियाको जोहोर राज्यको पासिरगुडाङस्थित तामान चिन्ताना क्षेत्रमा स्थानीय युवाहरूको समूहले नेपाली कामदारमाथि आक्रमण गरेका छन्। घटनामा परि तीन नेपाली घाइते भएका छन्। आक्रमणमा छ नेपाली कामदारको मृत्यु भएको हल्ला सोमबार विहानैबाट फैलिए पनि मलेशियास्थित नेपाल दूतावासका कार्यबाहक राजदूत लेखनाथ भट्टराईले हल्ला सत्य नभएको जानकारी दिएका छन्। घटनामा परी केही नेपाली कामदार घाइते भएको र उनीहरूको एक स्थानीय अस्पतालमा उपचार भइरहेको भट्टराईले बताएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

घटनाका विषयमा अनुसन्धान जारी राखेको कार्यबाहक राजदूत भट्टराईले जानकारी दिए। आइतबार राति भएको झडपमा उनीहरू घाइते भएको बताइएको छ। एक प्लाष्टिक फ्याक्ट्रीमा काम गर्ने नेपाली कामदार बस्ने गरेको होस्टलमा आइतबार राति स्थानीय युवाहरूको समूहले आक्रमण गरेको थियो।

- अादर्श समाज सम्वाददाता