कोइरालाको तेस्रो स्मृति दिवसमा कार्यकर्तालाई प्रशिक्षण ‘काङ्ग्रेसलाई पहिलो पार्टीबनाउन अन्तरविश्वासको खाँचो’

पोखरा, ७ चैत। नेपाली काङ्ग्रेसलाई अबको निर्वाचनमा एक नम्बरको पार्टीबनाउनका लागि नेता तथा कार्यकर्ताबीच अन्तरविश्वासको खाँचो रहेको एक कार्यक्रममा बोल्ने वक्ताहरूले बताएका छन्।

लोकतान्त्रिक आन्दोलनका शिखर पुरुष स्व.गिरिजाप्रसाद कोइरालाको तेस्रो स्मृति दिवसको अवसर पारेर नेपाली काङ्ग्रेस कास्की क्षेत्र नं.४ ले बुधबार आयोजना गरेको कार्यकर्ता प्रशिक्षण कार्याक्रममा बोल्ने वक्ताहरूले अन्तरघातका कारण पार्टीपछि परेकोले अबको चुनावमा अन्तरविश्वासको खाँचो रहेको बताएका हुन्।

पहिलाको संविधानसभाको चुनावमा आफ्नै पार्टीको अन्तरघातका कारण काङ्ग्रेसले थोरै सिट ल्याउन पुगेको स्मरण गर्दै अबको चुनावमा अन्तरविश्वासको खाँचो रहेको बताएका थिए।

अझै पनि पार्टीका नेतादेखि कार्यकर्तासम्म नसा नसामा गुट उपगुटको प्रवृत्ति हावी भएको बताउँदै त्यसको अन्त्य नभए पार्टीकाई ठूलो घातक हुने उनीहरूको भनाइ थियो।

‘पार्टीका संस्थापन र प्रजातान्त्रिक मात्रै नभई दुवै नचाहने अको गुट पनि छ’-प्रशिक्षण कार्यक्रममा वक्ताहरूले भने-’गुटको अन्त्य भएन भने त्यो नै पार्टीकाई सबैभन्दा घातक बन्छ।’

उनीहरूले काङ्ग्रेसलाई बलियो बनाउनका लागि घरेलु सुधारको खाँचो रहेको स्पष्ट पारेका थिए। ‘काङ्ग्रेसले आफ्नो स·ठनलाई बलियो बनाउन सकेको छैन’-उनीहरूले भने-’काङ्ग्रेसमा विस्तार होइन व्यवस्थापनको खाँचो छ।’

साथै उनीहरूले काङ्ग्रेसकै विचार गाउँ गाउँमा फैलाएर कम्युनिष्टहरू हिँड्ने गरेको बताउँदै पार्टीको विचार तथा नीतिलाई प्रष्ट रूपमा गाउँ गाउँमा लैजान सुझाव दिएका थिए।

कार्यक्रममा बोल्दै नेपाली काङ्ग्रेसका नेता शुक्रराज शर्माले लोकतन्त्रलाई संस्थागत गर्नका लागि प्रजातन्त्रवादी शक्ति सुध्रिन आवश्यक रहेको बताए।

लोकतन्त्रलाई संस्थागत गर्नका लागि पनि प्रजातन्त्रिकवादी शक्ति सुध्रिन जरूरी छ’-उनले भने-’हामी सुध्रिन सकेनौं भने कम्युनिष्टहरूलाई डोहोर्‍याउन सक्दैनौं।’

उनले काङ्ग्रेसले नेतृत्व नगरे सम्म संविधान बन्न नसक्ने उदाहरण अहिलेको संविधानसभाले देखाएको बताउँदै लोकतान्त्रिक संविधान जारी गर्नका लागि अबको चुनावमा काङ्ग्रेसलाई जिताउनको विकल्प नभएको स्पष्ट पारे।

अहिले मुलुका स्व.गिरिजाप्रसाद कोइरालको अभाव खड्किएको भन्दै स्व.कोइरालको अभाव मेटाउन काङ्ग्रेस एक ढिक्का भएर चुनावमा होमिनुपर्ने बताए। नेपाली काङ्ग्रेस कास्कीका सभापति यज्ञबहादुर थापाले लोकतान्त्रि संविधान बनाउका लागि काङ्ग्रेसको महसुस भएकोले काङ्ग्रेसलाई एक नम्बरको पार्टीबनाउनका लागि निर्वाचनमा जुट्न सबैलाई आग्रह गरे।

कार्यक्रममा प्रशिक्षण दिँदै नेपाल विद्यार्थी सङ्घका पूर्व सभापति तथा नेपाली काङ्ग्रेसका महासमिति सदस्य विश्वप्रकाश शर्माले काङ्ग्रेसका नेतादेखि कार्यकर्ता शोखिन पारको भएकाले पनि काङ्ग्रेसले संविधानसभाको चुनावमा ठूलो धक्का बेहोर्र्नुपरेका बताए।

‘काङ्ग्रेसको नीति विचारलाई हामीले सही ढङ्गले चलाउन सकेका छैनौं’-उनले भने-’हामीले आफ्ना नीति तथा विचारलाई आम नागरिकका माझ ढुक्क साथ लैजान सके अबको चुनावमा काङ्ग्रेस पहिले पार्टीहुन्छ।’

अर्का प्रशिक्षक नेपाली काङ्ग्रेसका महासमिति सदस्य देवराज चालिसेले काङ्ग्रेसमा विचारको नभई स·ठनको खडेरी परेको बताए।

‘हाम्रो विचार अरु पार्टीले लिएर हाम्रै भोट तानिरहेका छन्’-उनले भने-’यस्तो अवस्थामा पनि हामीहरू नै विचारलाई गाउँ गाउँ पुर्‍याउनुको साटो यसको मान्छे र त्यसको मान्छे भनेर हिँड्छौं।’

त्यस्तै अर्का प्रशिक्षक नेपाल विद्यार्थी सङ्घका पूर्व सभापति प्रदीप पौडेलले सबैभन्दा बढी प्रगतिशील पार्टीकाङ्ग्रेस हो भनेर गाउँगाउँ प्रचार गर्नुपर्ने बेला आएको बताए।

नेपाली काङ्ग्रेस कास्की क्षेत्र नं.४ का सभापति आईबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा उपसभापति मोत्रि्रसाद ढुङ्गानाले स्वागत र सचिव खिमलाल बास्तोलाले कार्यक्रम सञ्चालन गरेका थिए।

प्रशिक्षण कार्यक्रममा नेपाली काङ्ग्रेस कास्की क्षेत्र नं.४ का गाउँ समितिका सभापति, सचिव तथा तरुणदलका गाउँ सभापति र सचिवको सहभागिता रहेको थियो।

- अादर्श समाज सम्वाददाता