चैत्र ६, २०६९

मेषः बुद्धि भएर पनि काम देखाउन मुस्किल, विश्वास गरेकाबाट धोका हुनेछ।

बृषः समय उत्तम, परिवारमा खुशियाली छाउने, मानसम्मान पाइने योग छ।

मिथुनः कुटुम्बिया योग, घरेलु समस्याले सताउने, विवादको सामना गर्नुपर्ला।

कर्कटः सहोदरको सहयोग मिल्ने, अधुरा काम बन्ने, उत्साह उमङ्ग बढ्ने छ।

सिंहः धेरै दुःख गर्न मन लाग्ने, अस्थिरपनले अवसर फुत्कने, चिन्ता पर्ने छ।

कन्याः पढाइ लेखाइमा सफलता, सन्तानको लागि खर्च, समय उत्तम छ।

तुलाः मनमा आशा पलाउने, कार्ययोजना ठूला बन्ने, प्रतिस्पर्धीहरु जाग्ने छन्।

वृश्चिकः समय उत्तम छ, व्यापारबाट लाभ, दाम्पत्य सुख मिल्ने योग छ।

धनुः नैराश्यता र उदासीनता हट्ने, घरपरिवारमा खुशीयाली छाउने योग छ।

मकर : व्यवहारमा राम्रो अवसर भएर पनि असन्तोष, विकल्पको खोजी होला।

कुम्भः व्यापारमा लाभ, मध्याहृ पनि चञ्चलपन बढ्ने, यात्रा र खर्च पर्ने छ।

मीनः अपेक्षित कार्यमा सफलता, आफन्तको सहयोग,काममा सफलता मिल्नेछ।

- अादर्श समाज सम्वाददाता