पूरै अवधि काम गर्ने पाकिस्तानको पहिलो नागरिक सरकार

इस्लामावाद, ४ चैत। पाकिस्तानको वर्तमान सरकारले पाकिस्तानको राजनीतिक इतिहासमा पूरै समय काम गर्न पाएको पहिलो नागरिक सरकारका रूपमा इतिहास निर्माण गर्न सफल भएको छ।

इतिहासमा पूरा समय काम गर्न पाएको भएपनि आर्थिक विकास गर्न नसकेको, सरकारी अव्यवस्थाको नमूना बनेको तथा शान्ति सुरक्षाको अवस्था निकै खस्िकँदै गएको जस्ता आरोपहरु सरकारलाई लाग्ने गरेका छन्।

तर यस सरकारका त्यस्ता ऐतिहासिक सफलता भने रहेनन्। समाचारहरुमा राम्रा काम गर्न नसकेको भएपनि सरकारले आफ्नो पाँच वर्षे कार्यकाल भने पूरा गर्न पाएको विश्लेषण गरिएको छ।

पाकिस्तान पिपुल्स पार्टीले सन् २००८ को निर्वाचनमा पूर्ण बहुमत हासिल गरेको थियो।

पाकिस्तानकी पूर्व प्रधानमन्त्री बेनेजिर भुट्टोको सो दलले नै त्यसयतादेखि पाकिस्तानमा सरकार सञ्चालन गर्दै आएको छ।सोही निर्वाचनको अभियानकै क्रममा पूर्व प्रधानमन्त्री भुट्टोको हत्या भएको थियो।

उनको हत्यापछि उनका श्रीमान असिफ अलि जर्दारी सक्रिय राजनीतिमा प्रवेश गरेका हुन्। उनी हाल पाकिस्तानको राष्ट्रपति छन्। सोही निर्वाचनको अभियानकै क्रममा हत्या भएकी नेत्री भुट्टोप्रतिको सान्त्वनास्वरूप उनको दलले बहुमत हासिल गरेको बताइएको थियो।  रासस/एएफपी

- अादर्श समाज सम्वाददाता