हरिदेवी कोर्इराला राष्ट्रिय साहित्य पुरस्कार केसीलाई

पोखरा, ९ फागुन। हरिदेवी कोर्इराला राष्ट्रिय साहित्य पुरस्कार-२०६९ द्वारा कवि कुलबहादुर केसीलाई सम्मान गरिने भएको छ।

हरिदेवी कोर्इराला साहित्य-संगीत सम्मान कोषका अध्यक्ष कृष्णप्रसाद बास्तोलाको अध्यक्षतामा मंगलबार बसेको बैठकले उक्त निर्णय गरेको हो।

कोषका सचिव पद्मराज ढकालको संयोजकत्वमा यमबहादुर पौडेल र ताराप्रसाद तिमिल्सिना सदस्य रहेको प्रतिभा छनौट समितिको सिफारिसअनुसार तीन दशकअघिदेखि साहित्यिक क्षेत्रमा निरन्तर क्रियाशील कवि केसीलाई उक्त पुरस्कार दिने निर्णय भएको कोषले जनाएको छ।

पुरस्कारको राशी नगद रु १५ हजार, सम्मानपत्र र दोसल्ला रहेको छ। साहित्य र संगीतको क्षेत्रमा क्रियाशील व्यक्तित्वलाई प्रत्येक दुर्इ-दुर्इ वर्षमा  प्रदान गरिने उक्त पुरस्कारबाट साहित्य क्षेत्रमा पहिलो पटक कवि कुलबहादुर केसीलाई सम्मान गर्न लागिएको हो।

यसअघि संगीत क्षेत्रमा हरिदेवी कोर्इराला, राष्ट्रिय संगीत पुरस्कारबाट लोकगायक नारायण रायमाझी सम्मानित भईसकेका छन्।

पोखरा-१६, बाटुलेचौरमा वि. स. २००३ मा जन्मिएका कवि कुलबहादुर केसीका आधा दर्जन बढी साहित्यिक कृतिहरु प्रकाशित छन्।

उनी यसअघि गण्डकी साहित्य पुरस्कार, अम्बा साहित्य पुरस्कारलगायतका पुरस्कारबाट पुरस्कृत तथा दर्जनौं संस्थाबाट सम्मानित भएका थिए।

उनको गत वर्ष एकल कविता वाचन कार्यक्रम पनि सम्पन्न भईसकेको छ। विभिन्न साहित्यिक संस्थाहरुमा आवद्ध केसीलाई पोखरा-१६, बाटुलेचौरस्थित उनकै निवासमा बिहीबार उक्त पुरस्कार प्रदान गरिने अध्यक्ष बास्तोलाले जानकारी दिए।

- अादर्श समाज सम्वाददाता