एफएमहरूबीच एकता जरूरी

पोखरा, ८ फागुन। विग एफएमका अध्यक्ष महेश भण्डारीसहितको एक टोलीले वीरगञ्जका विभिन्न एफएमको अवलोकन भ्रमण गरेको छ।

राजनीतिक सड्ढट गरिहिँदै गर्दा नेपालका एफएम रेडियोहरूमा परेको आर्थिक सड्ढट र त्यसको समाधानको विषयमा बुझ्न भण्डारीसहितको टोली वीरगञ्जसम्म पुगेको हो। टोलीले वीरगञ्जका तीनवटा एफएम रेडियोमा अवलोकन भ्रमण गरेको थियो।

नेपालको औद्योगिक सहर वीरगञ्जमा रहेका रेडियो वीरगञ्ज, नारायणी एफएम र गढीमाई एफएममा टोलीले अवलोकन भ्रमण गरेको थियो। भ्रमणसँगै प्रत्येक एफएमका सञ्चालक र व्यवस्थापन विभागका व्यक्तिहरूसँग टोलीले एफएम रेडियोहरूका वर्तमान समस्याको विषयमा विश्लेषण समेत गरेको थियो।

वीरगञ्जमा रहेका एफएम स्टेशन सञ्चालकहरूले देशकै ठूलो औद्योगिक सहर भए पनि सञ्चारमाध्यमलाई व्यवसायिक सहयोग गर्न उद्योगीहरू पूर्वाग्रही भएको बताएका थिए। काठमाडौंकेन्द्रित विज्ञापनका कारण औद्योगिक सहर वीरगञ्जमा एफएम सञ्चालन गर्न निकै कठिन हुँदै आएको त्यहाँका मिडिया सञ्चालकहरूले बताएको विग एफएमका अध्यक्ष महेश भण्डारीले जानकारी दिए।

कार्यक्रममा रेडियो वीरगञ्जको तर्फबाट अध्यक्ष धु्रव साह, नारायणी एफएमको तर्फबाट कार्यकारी अध्यक्ष गोविन्द देवकोटा र गढीमाई एफएमको तर्फबाट स्टेशन म्यानेजर उमेश सुनारले आ-आफ्नो सञ्चारमाध्यमको बारेमा जानकारी दिएका थिए।

विग एफएमले देशका सम्पूर्ण एफएम रेडियोको प्रत्यक्ष अवलोकन गर्दै व्यवसायिकताको बारेमा बुझ्नका लागि थालेको भ्रमण अभियानअन्तर्गत वीरगञ्जको भ्रमण गरिएको अध्यक्ष भण्डारीले बताए।

मन्दीको प्रभावसँगै एफएम रेडियोहरूबीचको अस्वस्थ प्रतिस्पर्धालले व्यवसायिकतामा कमी आएको औँल्याउँदै उनले यस्ता समस्यालाई हटाउनका लागि एफएम रेडियोहरूबीच एकता जरूरी भएको उनले बताए। विग एफएमको टोली यसअघि पाल्पाका विभिन्न एफएमको अवलोकन भ्रमण गरिसकेको छ। वीरगञ्ज पुगेको टोली पोखरा फर्किसकेको छ।

- अादर्श समाज सम्वाददाता