चौतर्फी विरोधपछि ग्याँसको मूल्यवृद्धि फिर्ता

काठमाडौं, २ फागुन। चौतर्फी विरोध बढेपछि सरकारले खाना पकाउने ग्याँसमा गरेको मूल्यवृद्धि फिर्ता गरेको छ। मूल्य वृद्धिको विरोधमा विपक्षी दलका विद्यार्थी र सर्वसाधारण देशका विभिन्न भागमा आन्दोलनमा उत्रिएपछि सरकार मूल्यवृद्धिको निर्ण्य फिर्ता लिन बाध्य भएको हो।

नेपाल आयल निगमले बुधबार एक विज्ञप्ति प्रकाशित गरी म·लबार गरिएको मूल्य वृद्धिको निर्ण्य तत्कालका लागि फिर्ता गरिएको जनाएको हो। मूल्यवृद्धिको विरोधमा ठाउँठाउँमा आन्दोलन भड्किएपछि प्रधानमन्त्री बाबुराम भट्टराईले सामाजिक सञ्जाल ट्वीटरमा सन्देश लेखी आवश्यक व्यवस्थापनको तयारी अभावमा ग्याँसमा गरिएको दोहोरो मूल्यवृद्धि फिर्ताको घोषणा गरेका थिए।

वाणिज्य तथा आपूर्ति मन्त्रालयले पनि हालका लागि सो मूल्यवृद्धि स्थगित गरिएको जनाएको छ। यसअघि नेपाल आयल निगमले मङ्गलबार खाना पकाउने ग्याँसमा छ सय ३० रुपैयाँ मूल्यवृद्धि गरी दुर्इ हजार एक सय रुपैयाँ पुर्‍याएको थियो। सरकारले घरायसी प्रयोजन र व्यवासायिक प्रयोजन गरी दुर्इ वटा मूल्य निर्धारणका लागि भन्दै मूल्य वृद्धि गरेको थियो। तर, यसबारेमा आवश्यक तयारी नपुगेको भन्दै प्रधानमन्त्रीले मूल्यवृद्धि नगर्न निर्देशन दिएपछि आयल निगमको बोर्ड बैठक बसेर निर्ण्य फिर्ता लिएको हो।

सरकारले खाना पकाउने ग्याँसमा चर्को रूपमा मूल्य बढाएको भन्दै विद्यार्थी स·ठनहरूले बुधबार बिहानैदेखि राजधानीमा प्रदर्शन गरेका थिए। नेपाल विद्यार्थी सङ्घ, अनेरास्ववियुलगायतका विद्यार्थी स·ठनहरूले बिहान सबै क्याम्पस अगाडि प्रदर्शन र चक्काजाम गरेका हुन्। राजधानीका विभिन्न स्थानमा सर्वसाधारणलेसमेत सरकार विरुद्ध प्रदर्शन गरेका थिए।उता सरकारले खाना पकाउने एलपी ग्याँसमा भारी मूल्यवृद्धि गरेको विरोधमा चितवनमा प्रदर्शनमा उत्रिएका विद्यार्थीले बुधबार ग्याँस बोकेको दुर्इवटा गाडीलाई नियन्त्रणमा लिएका छन्।

भारतीय नम्बर प्लेटका दुर्इवटा गाडीलाई भरतपुरबाट नियन्त्रणमा लिई वीरेन्द्र क्याम्पसमा राखिएको अखिलका क्याम्पस एकाइ अध्यक्ष विमल केसीले जानकारी दिए।

प्रदर्शनपछि नारायणगढमा आयोजित कोणसभामा बोल्दै उनीहरूले खाना पकाउने ग्याँसमा गरेको मूल्यवृद्धिको निर्ण्यय फिर्ता नलिए कडा सङ्र्घर्षमा उत्रने चेतावनी दिएका थिए।

- अादर्श समाज सम्वाददाता