एलपी ग्याँसको मूल्यमा भारी वृद्धि

काठमाडौं, १ फागुन। नेपाल आयल निगमले खाना पकाउने एलपी ग्याँसको मूल्यमा भारी वृद्धि गरेको छ। जसअनुसार प्रतिसिलिन्डर ग्याँसको मूल्य छ सय ३० रूपैयाँले वृद्धि भई दुर्इ हजार एक सय रुपैयाँ निर्धारण गरिएको छ।

म·लबार साँझ बसेको निगम सञ्चालक समितिको बैठकले घरायसी र व्यवसायिक प्रयोजनका दुवै सिलिन्डरको मूल्यमा छ सय ३० रुपैयाँ बृद्धि गरी २१ सय निर्धारण गरिएको निगमका निर्देशक सुरेश अग्रवालले जानकारी दिए।

घरायसी प्रायोजनका लागि भने सरकारले प्रतिसिलिन्डर पाँच सय ५० रुपैयाँ अनुदान दिने उनले बताए। अहिले सर्वसाधारणले प्रतिसिलिन्डर एक हजार चार सय ७० रुपैयाँ तिर्दै आएका छन्।

यसैबीच नेपाल आयल निगमले म·लबारदेखि बजारमा रातो र नीलो गरी दुर्इ रङको सिलिण्डर प्रयोगमा ल्याउने निर्णय गरेको छ। ग्याँसको व्यवसायलाई व्यवस्थित बनाएर घरायसी उपभोक्तालाई अनुदान दिने उद्देश्यले दुर्इ रङका सिलिण्डर प्रचलनमा ल्याउने निर्णय भएको निगमले जनाएको छ।

तर मङ्गलबार कतिपय ग्याँस पसलमा दुवै रङको सिलिण्डर भने देखिएको थिएन। बिक्रेताले कम्पनीबाट नीलो रङको सिलिण्डर आइनपुगेको बताए।

सरकारले निगमको वास्तविक लागतका आधारमा दुवै रङका सिलिण्डरको एकल मूल्य कायम गर्ने र चारजनासम्मको परिवारले हरेक महिना प्रतिसिलिण्डर अनुदान पाउनेछन्।

- अादर्श समाज सम्वाददाता