लेखनाथ महोत्सवमा वृद्धवृद्धालाई दोहोरी युवालाई पप र सबैका लागि प्रहशन

लेखनाथ, १ फागुन। महोत्सवको पनि महोत्सवको रूपमा परिचत नवौंं लेखनाथ महोत्सवमा आउने सबै दर्शकलाई सुहाउने गरी लोक दोहोरी, पप कर्न्र्सट र हास्य प्रहशनले थप मनोरन्जन दिलाएको छ।

सबलाई सुहाउने गरी सञ्चालित लेखनाथ महोत्सवमा विषेशगरी वृद्धवृद्धाहरू दोहोरीमा युवायुवती पपमा र हास्य प्रहशनमा सबै दर्शक रमेको महोत्सवका मुल संयोजक सुमन भट्टराईले जानकारी दिए।

महोत्सवमा स्टलमा राखिएका कृषिका सामग्री किन्नतर्फ दर्शकको घुइँचो थियो।स्थानीयस्तरमै उत्पादित अर्गानिक वस्तु राखिएकोले दर्शकको घुइँचो लागेको कृषि प्रदर्शनी उपसमितिका संयोजक दयाराम तिवारीको भनाइ छ।

महोत्सवलाई थप रौनकता दिनका लागि राष्ट्रियस्तरका हास्य कलाकार मेरी बास्सै र जिरे खुसानीका चम्सुरी र हात्तिको हास्य प्रहशनमा दर्शक झुमेको पाइन्थ्यो।

महोत्सवको अको आकर्षणको रूपमा रहेको लोक दोहोरीमा शर्मिला गुरुङ, कृष्ण देवकोटा, चोलेन्द्र पौडेल लगायतको प्रस्तुतीले दर्शकलाई थप मनोरञ्जन दिलाएको थियो।

महोत्सवको अको प्रस्तुती विद्यालयस्तरीय लोकनृत्य तारा पुञ्जमा ब्रÞमारूपा उच्च मावि फाइनलका लागि छनौट भएको छ।

दैनिक रूपमा सञ्चालन हुँदै आएको सस्स्कृति एवं भेषभूषाको संरक्षण गर्ने उद्देश्यले राखिएको रीतिरिवाज झल्कने साँस्कृतिक कार्यक्रम प्रस्तुत भएको थियो। महोत्सवको विशेष प्रस्तुती र दर्शकको चासोको रूपमा रहेको जोडी गण्डकी तारा सहभागीले नृत्य प्रस्तुत गरेको प्रचार-प्रसार उपसमितिका संयोजक लक्ष्मीप्रसाद त्रिपाठीले जानकारी दिए।

- अादर्श समाज सम्वाददाता