पाँच करोडको कारोबार गर्दै वालिङ महोत्सव सकियो एमाओवादीले सत्ता कब्जाको मानसिकता त्यागे निर्वाचन सम्भव : नेता नेपाल

वालिङ, २१ माघ। नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले एकीकृत नेकपा माओवादीले सत्ता कब्जाको मानसिकता त्यागे निर्वाचन सम्भव भएको बताएका छन्।

स्याङ्जाको वालिङ उद्योग वाणिज्य सङ्घले वालिङमा आयोजना गरेको चौथो वालिङ महोत्सवको समापन गर्दै नेता नेपालले एकीकृत नेकपा माओवादीले सत्ता कब्जाको रणनीतिमा लागेर निर्वाचन गर्न नदिएको आरोप लगाए।

‘मुलुकको सही निकासका लागि निर्वाचन नै उत्तम विकल्प हो’-पूर्व प्रधानमन्त्री समेत रहेका नेता नेपालले भने-’तर निर्वाचनमा जाँदा एकैचोटी संविधानसभा, संसद् र स्थानीय  निकायको गर्नुपर्छ।’

माओवादीको उग्रवादकै कारण मुलुक सड्ढटको गहिराईमा रोमल्लिएको बताउँदै नेता नेपालले त्यसको विरोधमा जनता उत्रँदा सत्ताको लागि भनेर टिप्पणी गर्नु माओवादीको सर्वसत्तावादको पराकाष्टा हो भने।

माओवादीको सर्वसत्तावादको विरोधमा  नागरिक समाज, पत्रकार, महिला सबैजना एक भएर लाग्नुपर्ने बेला आएको समेत नेता नेपालले बताए। माओवादीको कुकृत्यका कारण मुलुकको आर्थिक सामाजिक, राजनीतिक, शैक्षिक क्षेत्र तहसनहस भएको बताउँदै नेता नेपालले भन्नुभयो-’त्यसको विरुद्ध सम्पूर्ण नेपालीहरू आन्दोलनमा उत्रनुपर्छ।’

मुलुकमा सड्ढटको खाडल बढ्दै गएको प्रसड्ढ निकाल्दै नेता नेपालले त्यसको समाधानका लागि माओवादीलाई जिम्मेवार हुन आग्रह गरे। भने-’जनयुद्धको नाममा दशवर्ष, ज्ञानेन्द्र शासनकाल, र माओवादीको शासनसत्ताका कारण मुलुकको अवस्था जटिल बन्दै गएको हो।’

जनआन्दोलन ०६२/०६३ को उपलब्धिलाई संस्थागत गर्न, र जनचासोका विषयलाई सम्बोधन गर्नका लागि राजनीतिक दल, उद्योगी, व्यापारी, नागरिक समाज एक ठाउँमा आएर छलफल गरेर निकास निकाल्नु नै अहिलेको प्रमुख आवश्यकता रहेको नेता नेपालको भनाइ थियो।

समापन समारोहमा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य गगन थापाले मुलुकमा कानुनी शासनको व्यवस्था नहुँदासम्म कुनै पनि क्षेत्रको प्रगति हुन नसक्ने दाबी गरे। मुलुकमा अहिलेको अवस्था कायम रहिरहेसम्म गणतन्त्रको संस्थागत विकास हुन नसक्ने उनले बताए चौथो वालिङ् महोत्सवमा समापनका अवसरमा पूर्व सभासद् पद्मा अर्याल, उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य चोपनारायण श्रेष्ठ, दीपक लम्साल, डीवी बस्नेत, प्रमुख जिल्ला अधिकारी कैलाशनाथ खरेल, स्याङ्जा उद्योग वाणिज्य सङ्घका अध्यक्ष महेन्द्र श्रेष्ठ, वालिङ नगरपालिकाका कार्यकारी अधिकृत युवराज अधिकारी, मुक्तिनाथ विकास बैंकका वालिङ शाखा प्रमुख गोबिन्द अधिकारीले समयमै संविधान नबन्दा र राजनीतिक अस्थिरताले लगानी प्रभावित भएको बताए।

वालिङ्मा माघ १२ देखि २१ सम्म सञ्चालित चौथो वालिङ् महोत्सवमा तीन लाख दर्शकले अवलोकन गरेका छन्। ‘हाम्रो गौरब हाम्रो शान, वालिङ् महोत्सव हाम्रो पहिचान’ भन्ने नारासहित १० दिन सञ्चालित महोत्सवमा पाँच करोड बराबरको आर्थिक कारोबार भएको आयोजकले जनाएको छ।

पश्चिमाञ्चल क्षेत्रीय औद्योगिक, कृषि, पर्यटन, संस्कृति, सूचना प्रविधि तथा व्यापार मेलामा कास्की, पर्वत, पाल्पा, गुल्मीबाट महोत्सवको अवलोकन गर्न दर्शकको उल्लेख्य सहभागिता रहेको थियो। विगतका तुलनामा यस वर्षको महोत्सवमा दर्शक सहभागिता र कारोबार उल्लेख्य रहेको बताइएको छ।

‘चौथो महोत्सवमा कृषिका स्टलमा कुल कारोबार रकमको १० प्रतिशत झण्डै ६० लाखको औजार र बिरुवा खरिदमा कारोबार भएको छ’-महोत्सव आयोजक वालिङ् उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष अर्जुनप्रसाद खनालले भने-’रेष्टुरेण्टमा मात्रै कुल कारोबारको २० प्रतिशत एक करोड २० लाख रुपैया“को कारोबार भएको छ।’

महोत्सवमा रेष्टुरेण्टका ४०, कृषिका २२, हस्तकलाका १५, सूचना प्रविधिका १० अटोमोबाइल्स १० फेन्सि सामाग्री करिब एक सय स्टल सहित दुर्इ सय १८ स्टल सञ्चालनमा थिए।

महोत्सवबाट हुने बचत रकम झण्डै २७ लाख रकममध्ये १५ प्रतिशत व्यापारिक भलाइ कोष, पाँच प्रतिशत रकम खेल मैदान निर्माण र अन्य रकमलाई सङ्घको सचिवालय व्यवस्थापनमा खर्च गरिने आयोजकले जानकारी दिएको छ।

- अादर्श समाज सम्वाददाता