लोकस्रष्टा गुरुङ सम्मानित

पोखरा, २१ माघ। लोकस्रष्टा तिलकबहादुर गुरुङ क्या.मीनबहादुर स्मृति पुरस्कारबाट सम्मानित भएका छन्।

घाटु नृत्यको संरक्षणमा पुर्‍याएको महत्त्वपूर्ण योगदानको कदर स्वरुप उनलाई सो सम्मान गरिएको हो। उक्त सम्मानको राशी नगद ५० हजार र ताम्रपत्र रहेको छ।

तमु साँस्कृतिक प्रतिष्ठान नेपालको १२ औ वाषिर्कोत्सव समारोहका बीच सो सम्मान प्रदान गरिएको हो।

यसैगरी चलचित्रकर्मी केशवबहादुर गुरुङलाई नगद १० हजार एक रुपैयाँ र सम्मान पत्रले सम्मान गरिएको थियो।

कार्यक्रममा प्राज्ञ प्रा.डा.जगमान गुरुङ, तमु धीँ एशोसिएसन युकेका संस्थापक अध्यक्ष मीनप्रसाद गुरुङ, तमु धीँ एशोसिएसन युकेलाई पनि सम्मान गरिएको थियो। कार्यक्रममा नेपालभरबाट २०६८ सालको प्रवेशिका परीक्षामा सवोर्त्कृष्ट अड्ढ ल्याइ पास भएका पाँचजना विद्यार्थीलाई नगदसहित सम्मान गरिएको थियो। कार्यक्रममा विभिन्न व्यक्ति तथा संस्थाहरूले गरी करिब १० लाखको अक्षयकोष स्थापना गरेका छन्।

कार्यक्रमका प्रमुख अतिथि प्रा.डा. वीरेन्द्रसिंह गुरुङले आफ्नो संस्कृतिलाई जोगाउनका लागि गुरुङहरु एक भएर लाग्नुपर्ने बताए।

प्राज्ञ प्रा.डा. जगमान गुरुङले गुरुङ संस्कृतिमा भोटे संस्कृति हावी भएको उल्लेख गर्दै गुरुङ संस्कृतिलाई समयअनुसार परिमार्जित गर्दै लैजानुपर्ने बताए। कार्यक्रममा आदिवासी जनजाति समन्वय समिति कास्कीका अध्यक्ष पानबहादुर र्घर्ती, तमु धीँ एशोसिएसन युकेका संस्थापक अध्यक्ष मीनबहादुर गुरुङ, नेदरल्याण्ड एनआरएनका खेमबहादुर गुरुङ, दक्षिण गुरुङलगायतले बोलेका थिए।

तमु साँस्कृतिक प्रतिष्ठान नेपालका अध्यक्ष झम तमुको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रथम उपाध्यक्ष चिजकाजी तमुले स्वागत र सदस्य-सचिव चित्र तमुले कार्यक्रम सञ्चालन गरेका थिए। कार्यक्रममा विविध साँस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो।

- अादर्श समाज सम्वाददाता