मनाङलाई टाइब्रेकरमा हराउँदै सहारा सेमिफाइनलमा

पोखरा, १६ माघ। तीनपटकको विजेता मनाङमस्र्याङ्दी क्लबलाई टाइब्रेकरमा पराजित गर्दै आयोजक सहारा क्लब पोखरामा जारी ११ औं आहाझ् रारा गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।

सेमिफाइनलमा छैटौंपटक प्रवेश गरेको सहाराले मनाङसँग तेस्रोपटकको भेटमा बदला लिन सफल भएको छ। क्याराभानसहित नौपटक सहभागी मनाङ आहा रारा गोल्डकपको क्वाटरफाइनलबाट बाहिरिएको यो पहिलो रेर्कर्ड हो।

यसअघि दुर्इपटक आमनेसामने हुँदा मनाङले बाजी मारेको थियो। सहारा तेस्रो संस्करणमा मनाङसँग सेमिफाइनलमा ३-१ तथा नवौं संस्करणमा सेमिफाइनलमा ४-० ले पराजित भएको थियो।

म·लबार हालसम्मकै अत्यधिक दर्शकको सामु पोखरा र·शालामा भएको अन्तिम क्वाटरफाइनल खेलमा मनाङलाई टाइब्रेकरको सिकार बनाउँदै सहारा सेमिफाइनलमा प्रवेश गरेको हो।

निर्धारित ९० तथा अतिरिक्त ३० मिनेटको समय दुर्इ-दुर्इ गोलको बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा पुगेको थियो।टाइब्रेकरमा सहारा ४-१ ले विजयी भयो।

टाइब्रेकरमा नवीन न्यौपाने, सल्यान खड्गीको प्रहारले जाली चुम्न नसकेपछि तीनपटकको मनाङ चौथोपटक उपाधि हात पार्नबाट बञ्चि हुँदै प्रतियोगिताबाट बिदा लिन पुग्यो।उसका लागि गोलकिपर इमानुयलले मात्र गोल गरे।सहाराको तर्फबाट भने योना इलियस, ओलावाले, मिचेल र राजन अधिकारीका प्रहारले जाली चुमेका थिए।

अब उसले बिहीबार त्रिभुवन आर्मी क्लबसँग फाइनलको लागि प्रतिस्पर्धा गर्नेछ।आर्मीविरुद्धको खेलमा भने भरपर्दा खेलाडी स्ट्राइकर योना इलियस, डिफेण्डरद्वय मिचेल र सुशन लामालाई दर्शकले सहाराको जर्सीमा मैदानमा देख्न पाउने छैनन्।तीनैजनाले दोहोरो एलोकार्ड खाएकोले आर्मीविरुद्धको खेल जित्न सहारालाई त्यत्ति सजिलो हुनेछैन।

म·लबारको १२० मिनेटको अधिकांश समय सहाराले मनाङलाई दबाबमा राखेर खेलाएको थियो। अतिरिक्त समयको छ मिनेटमा मनाङका मबाइल स्टेफेनले डबल एलो(रेड) कार्ड खाँदै मैदानबाट बाहिरिएपछि मनाङ बाँकी २४ मिनेट १० खेलाडीमा थियो।

अत्यन्तै प्रतिस्पर्धात्मक खेलमा सहाराले खेलको ३३ मिनेटमा गोलको अग्रता लियो। स्टेफेनको पासमा योना इलियसले सहाराको लागि पहिलो गोल गरे।यसअघि १६ मिनेटमा मिचेलको पासमा अनमार्क योनाले गोलकिपर इमानुअललाई विट गरे पनि मनाङका सल्यान खड्गीले सिक्सयार्डबाट क्लियर गरेर ठूलो सड्ढट टारेका थिए।

२७ मिनेटमा योनाले दिएको क्रसममा हेम तामाङले डिबक्सभित्रबाट हानेको प्रहारलाई किपरले मुस्किलले बचाएका थिए।

लगातार तीन गोल गर्ने अवसर पाएको सहाराविरुद्ध ४० मिनेटमा मनाङका लागि पोखरेली खेलाडी सुनिल विकले बराबरी गोल गरे। करिब ३० यार्डबाट कलेक्ट गरेर हानेको उनको उत्कृष्ट शक्तिशाली प्रहार फस्टबारमा ठोक्किँदै सेकेण्डबारमा पुगेर जाली चुमेको थियो।

बराबरी गोल गरेको चार मिनेट नवित्दै मनाङले अको गोल गर्दै खेल २-१ मा पुर्‍यायो। ४४ मिनेटमा समीर लिम्बुको उत्कृष्ट क्रसलाई सिकोले चेस्ट कन्ट्रोल गर्दै पोस्टमा गरेको हल्का फ्लिक गोलमा परिणत भएको थियो।

सहाराको डिफेन्सले क्लियर गर्न सक्ने सम्भावना हुँदाहुँदै पनि केयरलेस गरेपछि किपर विट भइसकेको स्थितिमा सिकोले हल्का फ्लिक गरेका थिए।पावर हान्न खोज्दा उनी बलमा हल्का खुट्टाले छोएपछि उनी लडेका थिए।

दोस्रो हाफको चार मिनेटमा मनाङले अग्रता तेब्बर बनाउने अवसर गुमायो।नवीन न्यौपानेको छोटो पासमा सिकोले खालीपोस्टमा हान्ने अवसर पाए पनि उनको प्रहारले फस्टबार रोज्यो।

१२ मिनेटपछि सहाराले बराबरी गोल फर्काउने अवसरलाई सदुपयोग गर्न सकेन। गोलकिपरको लामो पासलाई स्टेफेनले चेस्ट कन्ट्रोल गर्दै डिबक्सभित्र छिराउँदै हानेको प्रहार गोलकिपरले पञ्च गरे।रिबाउण्ड बललाई उनैले सिक्सयार्डबाट हाने तर पुनः किपरले क्लियर गरे र अन्तमा हेम तामाङले डिबक्सनजिकैबाट हाने पनि सफल हुन सकेन।

तर त्यसको दुर्इ मिनेटमै सहाराले बराबरी गोल थप्यो र खेलमा थप रोनकता ल्यायो।बुद्ध लामाको क्रसलाई बोन्नीले सिक्सयार्डबाट पोस्टमा हेडिङ गरे, जति बेला मनाङका गोलकिपर इमानुअल विट भइसकेका थिए।

त्यसपछि दुवैतर्फबाट गोल नभएपछि खेल अतिरिक्त सयममा धकेलियो। छ मिनेटमा मनाङका मबाइल स्टेफेनले डबल एलोकार्ड खाँदै मैदानबाट बाहिरिए। १० खेलाडीमा सीमित मनाङविरुद्ध १४ मिनेटमा सहाराले निर्णायक गोल गर्ने अवसर सदुपयोग गर्न सकेन। हेम तामाङको पासमा राजन अधिकारीले डिबक्सभित्र छिराएको बललाई चलाखीपूर्वक मनाङका जम्बोले क्लियर गरिदिए।

२५ मिनेटमा स्टेफेनबाट पाएको वान भर्सेस वान बललाई सीधै जाली चुमाउने अवसर पाएका योनाको प्रहार सेकेण्डबार हुँदै बाहिरियो।

हारपछि मनाङका प्रशिक्षक कृष्ण थापाले आफ्ना खेलाडीले लज अफ दी गेम नबुझ्नु, रेप|mीले एकपक्षीय निर्णय दिनु तथा एडभान्टेज नदिनुको कारण आफ्नो टीम पराजित भएको प्रतिक्रिया दिए।

उनको भनाइ थियो-’एकातिर हाम्रा खेलाडीले लज अफ दी गेम बुझेनन्, अको हामीले गरेको गोललाई पनि रेप|mीले अफसाइड दिए भने ननइन्टनेशन फल हुँदाहुँदै पनि खेलाडीलाई एलोकार्ड दिए।’

थापाले खेलको ३५ मिनेटमा सिकोले गरेको गोल स्पष्ट भए पनि रेप|mीले अफसाइड दिएको तथा मबाइल स्टेफेनलाई दिएको दोस्रो कार्ड इन्टेन्सनली नभएको आरोप लगाए।

सहाराका प्रशिक्षक किरण श्रेष्ठले भने केटाहरूले मेहनत गरेकोले जीत हात परेको प्रतिक्रिया दिए। उनले खेलाडीहरूले मच्छिन्द्रविरुद्ध भन्दा मनाङविरुद्ध धेरै राम्रो गेम खेलेको बताए।उनको भनाइ थियो-’दोस्रो गोल डिफेन्सको कमजोरीले खायौं, टाइब्रेकरमा नपुग्नुपर्ने गेम थियो, पुग्यो।’

उनले आर्मीविरुद्धको खेलमा तीनजना खेलाडी नहुँदा केही असर पर्ने भए पनि सट्टामा उत्तिकै खेलाडी भएको बताए।पोस्ट म्याच कन्फेरेन्समा उनले अन्तिममा भनेका थिए-’भरपर्दा खेलाडी नहुँदा केही गाह्रो त पर्छ नै तर पनि मच्छिन्द्र र मनाङजस्तो टीमलाई ढाल्यौं भने आर्मीलाई पनि ढाल्छौं।’

सो खेलमा सहाराका मिचेल, योना इलियस, सुशन लामा र आदर्श शाही तथा मनाङका मबाइल स्टेफेनलाई रेप|mीले एलोकार्ड देखाएका थिए।

हिमश्री फूड्स प्रालिको मुख्य प्रायोजनमा जारी प्रतियोगिताअन्तर्गत बुधबार दुर्इपटकको च्याम्पियन थ्रीस्टार क्लब र गत वर्षको उपविजेता जावलाखेल युथ क्लबबीच पहिलो सेमिफाइनल खेल हुनेछ।

आठौंपटक सहभागी भएको थ्रीस्टारले पाँचौं र नवौं संस्करणको उपाधि जितेको थियो।तेस्रोमा पुलिससँग सेमिफाइनलमा २-१ ले पराजित भएको थियो।

- प्रेमनारायण न्यौपाने