कास्की काङ्ग्रेसद्वारा विरोधसभाको तयारी

ढिकुरपोखरी, १६ माघ। सरकारले सर्वसत्तावाद, भ्रष्टाचार, दण्डहीनता, एवं महिला हिंसालाई प्रश्रय दिएको भन्दै कास्की काङ्ग्रेसले आगामी सोमबार पोखरामा विरोध सभा गर्ने भएको छ।

जिल्ला सभापति यज्ञबहादुर थापाको अध्यक्षतामा म·लबार बसेको जिल्ला कार्यसमिति, महासमिति, महाधिवेशन प्रतिनिधि, भ्रातृ स·ठन एवं शुभेच्छुक सहभागी उक्त निर्णय गरेको हो।

जसका लागि काङ्ग्रेसले वडा, नगर तथा विभिन्न ७६ वटा गाउँ एकाइमा प्रतिनिधि खटाइ विरोध सभामा अधिक सर्वसाधारण उतार्ने जनाएको छ। ‘माघ २२ गते पोखरा जाऊँ, सर्वसत्तावादको विरुद्घमा एक हौँ’ भन्ने नारासहितको कार्यक्रम तय गरिएको सचिव युवराज कुँवरले जानकारी दिए।

- अादर्श समाज सम्वाददाता