लिटिल स्टेप उमाविको ३० औं वाषिर्कोत्सव

पोखरा, १६ माघ। लिटिल स्टेप उच्च माध्यमिक विद्यालयको ३० औं वाषिर्कोत्सव तथा अभिभावक दिवस म·लबार सम्पन्न भएको छ।

कार्यक्रमको उद्घाटन गर्दै पश्चिमाञ्चल क्षेत्रीय शिक्षा निर्देशनालयका निर्देशक विष्णुबहादुर द्वारेले विद्यालयलले शैक्षिक क्षेत्रमा पुर्‍याएको योगदानको चर्चा गर्नुका साथै मानिसमा सकारात्मक सोचको विकास गर्नु शिक्षाको उद्देश्य हुनुपर्ने बताए।

त्यस क्रममा विज्ञान, कला तथा सामाजिक शिक्षा प्रदशनीको उद्घाटन गर्दै  डीआईजी रमेशशेखर बज्राचार्यले विद्यालयले व्यवहारिक शिक्षाको विकास गरेको भन्दै हरेक विद्यालयले योग्य र असल राष्ट्रसेवक जन्माउन सके देश विकास हुने धारणा व्यक्त गरे।

कार्यक्रममा प्याब्सन कास्कीका अध्यक्ष निदेश कोइराला र हिसान कास्कीका अध्यक्ष रमाकान्त बरालले निजी विद्यालयले शैक्षिक विकासमा पुर्‍याएको योगदानको चर्चा गरे भने विद्यालयका प्राचार्य पम्फा गुरुङले विद्यालयको प्रतिवेदन प्रस्तुत गरेकी थिइन्।

कार्यक्रममा १० वर्षभन्दा बढी विद्यालयलाई सेवा पुर्‍याएको भन्दै नृत्य प्रशिक्षक बुद्ध्रि्रसाद गुरुङ र शिक्षिका धनकला बराललाई दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरिएको थियो।

साथै गतवर्षको एसएलसी परीक्षामा विद्यालयबाट सवोर्त्कृष्ट अड्ढ ल्याउने दीपेन्द्र पौडेललाई पाँच हजार नगदसहित सम्मान गरिएको थियो भने एसएलसीमा उत्तीण्ा सबैलाई मायाको चिनो प्रदान गरिएको थियो।

विद्यालयले आयोजना गरेको जिल्लास्तरीय निबन्ध तथा चित्रकला प्रतियोगितामा उत्कृष्ट विभिन्न विद्यालयका टीमलाई ट्रफी तथा प्रमाणपत्र प्रदान गरिएको थियो।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्रसिंह गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अभिभावकका तर्फबाट अधिवक्ता कृष्णबहादुर थापा, सम्मानित व्यक्ति किरण गुरुङ, विद्यार्थीका तर्फबाट सुप्रिमा गुरुङलगायतले बोलेका थिए।

विनोद गिरीले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको सञ्चालन शिक्षक भीमनाथ बरालले गरेका थिए।

कार्यक्रममा लिटिल स्टेप उच्च मावि, न्यू लिटिल स्टेप बगर, माउण्ट एबोरा मन्टेश्वरीका नर्सरीदेखि उच्च माविसम्मका विद्यार्थीले विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए

विद्यालयस्तरीय निबन्ध र चित्रकला प्रदर्शनीमा पहिलो र दोस्रो हुने तथा विभिन्न विद्यालयका १२ जनालाई ट्रफी तथा प्रमाणपत्र प्रदान गरिएको थियो।

- अादर्श समाज सम्वाददाता