मदरल्याण्डमा दुर्इ दिवसीय सांस्कृतिक कार्यक्रम

पोखरा, १५ माघ। पोखरा-७ मा रहेको मदरल्याण्ड उच्च माविमा दुर्इ दिवसीय सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा नर्सरीदेखि कक्षा १२ सम्मका विद्यार्थीलाई नाटक, नृत्य, प्रहसन, गायन,अभिनयजस्ता विभिन्न विधामा सहभागी गराइएको थियो।

कार्यक्रममा एक सय भन्दा बढी सामूहिक प्रस्तुतिहरू रहेका थिए। स-साना बालबालिकाको आफ्नै अभ्यास, खोजी, सिर्जना र व्यवस्थापनमा तयार गरिएका तीप्रस्तुतिहरू अनुभवी तथा तालिमप्राप्त प्रशिक्षकको सहयोगमा तयार गरिएका भन्दाकुनै कमी नभएको विद्यालयका निर्देशक त्रिभुवन शर्माले बताए।

कार्यक्रममा लोकगायक पुरुषोत्तम न्यौपाने तथा विद्यालयका भूतपूर्व विद्यार्थी एवं गायक सी.डी. विजय अधिकारीले पनि आ-आफ्नो प्रस्तुति देखाएका थिए। समापन कार्यक्रममा जिल्ला शिक्षा कार्यालय कास्कीकाउपसचिव दयाराम गौतमले विद्यार्थीहरूमा अनेक प्रतिभा हुने र प्रस्फुटनका लागि लगनशील एवं धैर्यवन हुन जरुरी रहेको बताए।

सो अवसरमा उत्कृष्ट प्रस्तुतिलाई पुरस्कार तथा मेडल एवं प्रमाणपत्र वितरण गरिएको थियो। कार्यक्रममा विद्यालयभित्र कक्षागतरूपमा सम्पन्न राष्ट्रगान र हाजिरीजवाफप्रतियोगिताको पुरस्कार पनि वितरण गरिएको थियो। त्यसैगरी कक्षा ११ को परीक्षामा व्यवस्थापन सड्ढायतर्फ कास्की जिल्ला प्रथमहुन सफल सन्देश गिरी र द्वितीय एवं छात्रातर्फ प्रथम हुन सफल सरू तिमिल्सिनालगायत उत्कृष्ट अड्ढ ल्याउने अन्य विद्यार्थीलाई पनि तथा पुरस्कृत गरिएको थियो। सो अवसरमा शिक्षक लक्ष्मण रखाललाई बिदाई गर्नुका साथै भूतपूर्व विद्यार्थी सी.डी. विजय अधिकारीलाई सम्मान गरिएको थियो।विद्यालयका संस्थापक प्राचार्य प्रेमनारायण पोख्रेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संयोजकमा विद्यालयका अतिरिक्त क्रियाकलाप विभागीय प्रमुख सुनिलसुवाल र सङ्गीत विभागीय प्रमुख केशबहादुर गुरुङ रहेका थिए। कार्यक्रमको सञ्चालन प्रावि इञ्चार्ज केशु शर्मा र शिक्षक होमनाथ भट्टराईले संयुक्तरूपमागरेका थिए।

- अादर्श समाज सम्वाददाता