महोत्सको तेस्रो दिनसम्म २१ हजारको अवलोकन, ४५ लाखको कारोबार

वालिङ, १४ माघ। स्याङ्जाको वालिङ खेलमैदानमा जारी चौथो वालिङ महोत्सवमा आइतबार तेस्रो दिन पनि सर्वसाधारणको उल्लेख्य सहभागिता रह्यो।

हाम्रो गौरव हाम्रो शान, वालिङ महोत्सव हाम्रो पहिचान भन्ने मूल नाराका साथ आयोजित क्षेत्रीय औद्योगिक, कृषि, पर्यटन तथा व्यापार मेलामा आइतबारसम्म २१ हजार दर्शकले अवलोकन गरेका छन् भने सो अवधिमा झण्डै ५५ लाखको कारोबार भएको महासचिव खगेन्द्रप्रसाद अर्यालले जानकारी दिए। महोत्सवमा स्थानिय कृषि उपजका स्टल तथा राजिस्थानको ऊँट चढ्नेतर्फ सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो।

हप्ताको पहिलो दिन आइतबार भएकोले पनि सर्वसाधारणको सहभागिता शनिबारभन्दा केही कम भएको सङ्घका वरिष्ठ उपाध्यक्ष अर्जुनप्रसाद खनालले बताए।

आइतबार महोत्सव स्थलमा सुगम सङ्गीतमा ख्यात्रि्राप्त कलाकार शिव परियार, पपगायक अनिल सिंह, लोक गायिका कृष्णा गुरुङ, राजन कार्की, त्यस्तै हास्यकलाकार कमल गाउँलेलगायतले मञ्च नै तताएका थिए।

सोमबार लोक दोहोरीगीततर्फ प्रजापति पराजुली, सरला पाण्डे, राजु गुरुङ, कृष्ण देवकोटा, इन्द्रा गुरुङ, सरस्वती लामिछाने, अर्जुन गैरे त्यस्तैगरी आधुनिकतर्फ नरजंग गुरुङ तथा हास्यकलाकार चम्सुरी र हात्ती र बलबहादुर जैरुलगायतले आ-आफ्नो प्रस्तुति प्रस्तुत गर्ने कार्यक्रम तय रहेको आयोजक वालिङ उद्योग वाणिज्य सङ्घका सचिव टीकाराम तिवारीले जानकारी दिए।

- अादर्श समाज सम्वाददाता