ग्रामीण सचेतनको साधारणसभा

पोखरा, १४ माघ। ग्रामीण सचेतन बचत तथा ऋण सहकारी संस्था पर्वतको १५ औं साधारणसभा पर्वत जिल्लाको कुश्मामा सम्पन्न भएको छ।

कार्यक्रमको उद्घाटन गर्दै सहकारीका संस्थापक सदस्य तथा सल्लाहकार समितिका संयोजक भोलानाथ शर्माले विपन्नको आर्थिक विकासका लागि सहकारीले महत्त्वपूर्ण भूमिका खेल्दै आएको बताए।

कार्यक्रममा सहकारीका सल्लाहकार तथा नेकपा एमालेका अध्यक्ष विकास लम्साल, पारिजात बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष पदम गिरी, ऋण समितिका संयोजक विश्वराज पाण्डे, शेयर सदस्यको तर्फवाट बालकृष्ण सापकोटालगायतले बोलेका थिए।

सहकारीका अध्यक्ष देवराज शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत कोषाध्यक्ष विष्णु रिजाल र सञ्चालन सचिब मञ्जु अधिकारीले गरेकि थिइन् भने कार्यक्रममा धन्यवाद मन्तव्य प्रकाश लम्सालले गरेका थिए।

साधारणसभामा सहकारीका अध्यक्ष देवराज शर्माद्वारा प्रस्तुत भावी रणनीति र कार्ययोजनासहितको वाषिर्क प्रतिवेदन सर्वसम्मत पारित गरिएको थियो।

- अादर्श समाज सम्वाददाता