मानव मिलन एक चमत्कारिक कथा’ चलचित्रको शुभमुहूर्त

पोखरा, १३ माघ। नेपाल केशरी मणिभद्र मुनिजी महाराजको जीवनीमा आधारित चलचित्र ‘मानव मिलन एक चमत्कारिक कथा’ को शनिबार एक समारोहबीच शुभ मुहूर्त भयो।

जैनमुनि मणिभद्रको जन्मस्थान स्याङजा जिल्लाको आर्रुखर्क गाविस-६ गैरीस्वाँरास्थित घरबाट बाजागाजासहित निस्केको र्‍याली स्थानीय शिवालय मन्दिर परिसरमा पुगी समारोहमा परिणत भएको थियो।

समारोहका प्रमुख अतिथि स्याङजा जिल्लाका प्रमुख जिल्ला अधिकारी कैलाशनाथ खरेलले परेवा उडाएर कार्यक्रमको शुभारम्भ गरेका थिए।

त्यस अवसरमा प्रमुख अतिथि खरेलले हिंसारहित जीवन वास्तविक मानव जीवन भएकोले मणिभद्रजीको जीवनीबाट मानव जीवनलाई सार्थकता प्रदान गर्न चलचित्र प्रभावकारी बन्नेछ भन्ने विश्वास व्यक्त गरे।

स्थानीय विकास अधिकारी जीवनप्रकाश सिटौलाले मणिभद्रको जीवनी चलचित्रबाट आर्रुखर्कको अन्तर्राष्ट्रिय ख्याति बढ्ने बताए।

ब्राÞमण समाज नेपालका केन्द्रीय अध्यक्ष नारायणप्रसाद अधिकारीले नेपाल पावनभूमि भएकोले यहाँ धेरै सन्त ऋषिमुनीले जन्म लिएको र यो संसारकै तीथस्थल भएको उल्लेख गरे।

साथै उनले मानवबीचका विभेदका कारण वैमनश्यता बढी रहेको अवस्थामा मणिभद्रजीबाट मावन मिलन नामक संस्था स्थापना गरी समयोचित मार्गर्दर्शन भएको चर्चा गरे।

स्वतन्त्र पत्रकार सङ्घ नेपालका अध्यक्ष कृष्णप्रसाद बास्तोलाले मणिभद्रको बाल्य जीवनमा आधारित चलचित्रको निर्माणले आर्रुखर्कको धार्मिक तथा पर्यटकीय विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याउने बताए।

मुक्तिनाथ विकास बैड्ढका कार्यकारी अधिकृत भरतराज ढकालले मानवोचित व्यवहारको पालना आजको आवश्यकता भएको उल्लेख गरे। समारोहमा अध्यक्षको आसनबाट मानव मिलन संस्था स्याङ्जाका अध्यक्ष नारायणप्रसाद पौडेलले संस्थाले आर्रुखर्कमा खानेपानी, मोटरबाटो, स्वास्थ्य र शिक्षाको क्षेत्रमा कार्य गर्दै आएको उल्लेख गर्दै चलचित्र निर्माणले यस क्षेत्रको विकासमा ठोस योगदान पुर्‍याउने बताए।

कार्यक्रममा मणिभद्र मुनिजी महाराजकी आमा विमलादेवी सुवेदी, वयोवृद्धा भेषकुमारी पौडेल र मानव मिलन नारी जागरण नेपालकी अध्यक्ष सावित्री शर्माले संयुक्तरूपमा नरिवल फुटालेका थिए। मानव मिलन संस्था स्याङ्जाको व्यानरमा निर्माण हुन लागेको उक्त चलचित्रमा निर्देशन, पटकथा तथा सम्वाद बासुदेव पोखरेलको रहेको छ।

चलचित्रमा करिब ५० जना कलाकार रहने र निर्माण लागत २० लाख रुपैया लाग्ने अनुमान गरिएको छ। उक्त चलचित्रको छायाड्ढन आर्रुखर्क तथा भारतको मेरठ र दिल्लीमा हुने जनाएको छ। संस्थाका कोषाध्यक्ष पुण्यप्रसाद सुवदीद्वारा स्वागत मन्तव्य राखिएको उक्त कार्यक्रमको सञ्चालन सचिव चेतनाथ पौडेलले गरेका थिए।

- अादर्श समाज सम्वाददाता