विन्टर क्याम्प २०१३ सुरु ‘सामुदायिक विद्यालयका शिक्षकको योग्यता र क्षमता बढाउन आवश्यक’

पोखरा, १३ माघ सामुदायिक विद्यालयका विद्यार्थीका लागि आयोजना गरिएको पाँच दिने विन्टर क्याम्प २०१३ शनिबारदेखि पोखरामा सुरु भएको छ।

क्याम्पको उद्घाटन गर्दै शिक्षा विभागका निर्देशक टेकनारायण पाण्डेले सामुदायिक विद्यालयका शिक्षकहरूको योग्यता र क्षमता बढाउनुपर्ने बताए। शिक्षकको योग्यता र क्षमता बढाउन नसक्दा शिक्षाको जग मानिने पूर्वप्राथमिक र आधारभूत तहको शिक्षा नै बलियो पार्न नसकिएको उनको भनाइ छ।

निर्देशक पाण्डेले शिक्षाको गुणस्तरीय विकासका लागि शिक्षकको योग्यता प्रमुख रहे पनि विद्यालयका शिक्षकको योग्यता र क्षमता बढाउन नसक्दा सामुदायिक विद्यालयको शिक्षामा अपेक्षित सुधार गर्न नसकिएको बताए।

‘विदेशको शिक्षामा पूर्व प्राथमिक तह -बाल विकास केन्द्र) का बालबालिकालाई सिकाउन १२ कक्षामा ९० प्रतिशत उत्तीर्णाड्ढ सेवा प्रवेशको आधार मानिरहेको अवस्था छ’-पाण्डेले भने ‘हामी अण्डर एसएलसीलाई पनि काम गर्न दिइरहेका छौं, शिक्षाको विकास होला भनेर कसरी आशा गर्ने-’ प्राथमिक तहको शिक्षकको योग्यता दश जोड दुर्इ हुँदा हुँदै पनि कार्यरत शिक्षकको योग्यता एसएलसीबाट बढाउन पनि नसकिएको र हटाउन पनि नसकिएको उनले बताए।

सामुदायिक विद्यालयका शिक्षकहरूमा अङ्ग्रेजी भाषाको सुधार गर्न नसक्दा धेरै विद्यार्थी अङ्ग्रेजी विषयमा अनुत्तीर्ण भइरहेको पाइएको हुँदा शिक्षकको योग्यतासँगै अङ्ग्रेजी भाषा सुधारलाई पनि प्राथमिकतामा राख्नुपर्नेमा पाण्डेले जोड दिए।

नेल्टाले विद्यार्थी र शिक्षकको अगे्रजी भाषा सुधारमा गरेको प्रयासको प्रशंसा गर्दे पाण्डेले यसलाई देशव्यापी बनाउन आग्रह गरे। अनलाइन र अफलाइनका माध्यम के हुन सक्छन् पाण्डेले भने छलफल गरौ यसको विस्तार गर्न जरुरी छ।

शिक्षक हुँदै आधारभूत तहका विद्यार्थीसम्म अङ्ग्रेजी भाषा सुधार गर्न सके कलेज तहको अध्ययनमा पाठ्यसामग्रीमा कमी नहुने पाण्डेले बताए।

अङ्ग्रेजी भाषाको अभ्यास र विकास गर्दा स्थानीय संस्कृती र चालचलनलाईबाट बालबालिकालाई टाढा राख्न नहुने र यसो गरिने त्यो सिकाइ देश विकास लागि नहुनेमा पाण्डेले जोड दिए।

नेल्टाको आयोजनामा भएको कार्यक्रममा युनिभर्सिटी अफ सान प|mान्सेस्को यूएसएकी डा. मेटिस मिक्सन, कास्कीका शिक्षा अधिकारी चन्द्रकान्त भुसाल, नेल्टाका केन्द्रीय महासचिव कमल पौडेल, सचिव सरिता देवान, रत्नमान गुरुडलगायतले विद्यालयमा अङ्ग्रेजी भाषा सुधारका विषयमा बोलेका थिए। नेल्टाका केन्द्रीय अध्यक्ष हेमन्त दाहालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन श्यामबहादुर पाण्डेले गरेका थिए।

विन्टर क्याम्पमा विद्यार्थीको नेतृत्व विकासका अमेरिकन र नेपाली विज्ञहरूद्वारा विभिन्न तालिमका शत्रहरू सञ्चालन गरिने कार्यक्रम संयोजक श्यामबहादुर पाण्डेले बताए।

तालिममा एक सय ६० विद्यार्थी र ३० शिक्षक तथा नेल्टा सदस्य गरी १ सय ९० सहभागी छन्। नेल्टाले सामुदायिक विद्यालयका विद्यार्थीका लागि भाषा सिकाइ, नेतृत्व विकास र संस्कृति आदान प्रदानका कार्यक्रम सञ्चालन गर्दै आएको छ।

- अादर्श समाज सम्वाददाता