जावलाखेल युथ क्लब सेमिफाइनलमा प्रवेश

पोखरा, १३ माघ। अघिल्लो संस्करणको उपविजेता जावलाखेल युथ क्लब पोखरामा जारी ११ औं आहाझ् रारा गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्न सफल भएको छ।

ए डिभिजन लिगमा मध्यपुर युथ एशोसिएसन हिमालयन शेर्पासँग हारेपछि रेलिगेशनबाट जोगिएको उसले पोखरामा भने राम्रो लय समात्दै चौथोपटक पनि सेमिफाइनलमा प्रवेश गर्न सफल भएको हो।

शनिबार दर्शकले भरिभराउ पोखरा र·शालामा भएको खेलमा भारतीय सेनाको पल्टन गोर्खा रेजिमेन्टमा भर्ती भएका नेपाली खेलाडीहरूको टीम गोर्खा ब्रिगेड फुटबल टीमलाई २-० ले पराजित गर्दै जावलाखेलले आरसिटी र थ्रीस्टार क्लबबीचको विजेतासँग माघ १७ गते पहिलो सेमिफाइनल खेल खेल्ने पक्का गरेको छ। आरसिटी र थ्रीस्टार माघ १५ गते  तेस्रो क्वाटरफाइनल खेल खेल्दैछन्।

अत्यन्तै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफमा दुवै टीमले एक अकोर्को पोस्टमा आधादर्जन बढी आक्रमण गरेका थिए।तर खेल गोलरहित बराबरीमा सकियो।दुवै टीमले आकर्षक र उत्कृष्ट प्रहार गरे।

फिजीकल्ली र टेक्नीकल्ली रूपमा केह रिाम्रो मानिएको गोर्खाका खेलाडी टेक्नीकल्ली फिट जावलाखेलका हरेक आक्रमणलाई विफल पारिदिएका थिए।मात्र उनीहरूको कमजोरी फिनिसिङमा थियो। दुवै टीमको प्रतिस्पर्धात्मक खेलले दर्शकलाई आफू बसेको ठाउँबाट छिनछिनमा जुरुक्क उठाउँथ्यो। शनिबारको खेलमा दर्शकलले गोर्खा ब्रिगेडको पक्षमा समर्थन जनाएका थिए।

११ मिनेटमा जावलाखेलका सुशील शाहको प्रहारले सही दिशा लिन सकेन।कप्तान जग्गुनाथ खड्काको कर्नर पासमा सुशीलले डिबक्सभित्रबाट हेडिङ गरेको बल डिफ्लेक्ट भएर सेकेण्डबार हुँदै बाहिरियो।

१२ मिनेटमा गोर्खा ब्रिगेडका प्रेम गुरुङले मैदानको झण्डै मध्यभागबाट हानेको शक्तिशाली प्रहारले सेकेण्डबार नै रोज्यो।२७ मिनेटमा थोमस वा·रिाको पासमा राज पौडेलले डिबक्सबाहिरबाट हानेको प्रहारलाई विपक्षी गोलकिपर मीनबहादुर क्षत्रीले मुस्किलले बचाए।

२९ मिनेटमा जावलाखेलले उत्कृष्ट गोल गर्ने अवसर गुमायो। कन्या गुरुङले डिबक्सभित्र छिराएको बललाई गोर्खा ब्रिगेडका डिफेण्डर लवकुश गौतमले चलाखी तरिकाले विफल पारिदिए। ३४ मिनेटमा रतिन थापाको प्रहारलाई डिबक्सभित्रैबाट जावलाखेलका सुशीलले असफल पारे।त्यसको एक मिनेट नवित्दै सुनिल राईले डिबक्सनिजकैबाट हानेको प्रहारले फस्टबार रोज्यो।

पाँच मिनेट थपिएको इन्जुरी समयको पहिलो मिनेटमा जग्गुनाथको क्रसमा कन्या गुरुङले डिबक्स लाइनबाट हानेको स्लाइड किकलाई सही जजमेन्ट गर्दै गोलकिपरले हल्का पञ्च गरेर बाहिर पठाए।

फिजीकल्ली फिटनेश गोर्खा ब्रिगेडका खेलाडी दोस्रो हाफमा भने टेक्नीकल्ली केही कमजोर देखिएका थिए। जसको फाइदा जावालखेलले दुर्इ मिनेटभित्रै लिन सफल भयो।

४७ मिनेटमा जावलाखेलले गोलको अग्रता लिएपछि लामो समयदेखि गोर्खा ब्रिगेडको समर्थनमा हौसिएका दर्शक प्यारापिटमा एकाएक सन्नाटा छाएको थियो।कारण आफ्नो प्रिय टीमले गोल खाइसकेको थियो।

जग्गुनाथ खड्काको कर्नर बल विपक्षीको डिबक्सभित्र अलमलिरहेको अवस्थामा राज पौडेलले नजिकै रहेका गोलकिपरलाई जिल्याउँदै बल पोस्टमा हेडिङ गरे।बलले जाली चुमेपछि मात्र गोलकिपरले थाहा पाएका थिए।

अकस्मात गोल खाएपछि केही दबाबमा देखिएको गोर्खाले छ मिनेटमा अको आक्रमणको सामना गर्नुपर्‍यो। राज पौडेलको क्रसमा जुमा बेनलीले गरेको कलेक्ट प्रहारलाई किपरले सेकेण्डबारमा डाइभ हान्दै पञ्चआउट गरे।

आठ मिनेटमा गोर्खा बराबरी गोल गर्नबाट चुक्यो। महेश राईको लामो पासमा रतिन थापाको वान भर्सेस वान बल क्रसबार माथिबाट बाहिरियो।१६ मिनेटमा जग्गुको छोटो तर सटिक प्रहारलाई प्रेम गुरुङले गोललाइनबाट हेडिङ गर्दै आउट गरे। लगत्तै जग्गुले हानेको कर्नरलाई रतिन थापाले हेडमार्फत विफल पारिदिए। त्यसको दुर्इ मिनेटपछि जावालखेलले दोस्रो गोल गर्‍यो।

सुरज थिङले दिएको लामो क्रसलाई १८ मिनेटमा अनमार्क जग्गुले खाली पोस्टमा हेडिङ गरे। गोलकिपर विट भइसकेको अवस्थामा जग्गुले उत्कृष्ट तरिकाले बललाई सेकेण्डबारमा जाली चुमाएका थिए।

२४ मिनेटमा गोर्खाका प्रणय राईले हानेको क्रसलाई थोमसले क्लियर गरिदिए।२७ मिनेटमा अजय थापामगरको क्रसमा कन्याले कलेक्ट गरेको बल डिबक्सनजिकैबाट गोलकिपरले डाइभ गर्दै पञ्चाउट गर्दा जावालखेल तेस्रो गोल गर्नबाट चुकचुकायो।

२९ मिनेटमा जावालखेलले वान भर्सेस वान बलमा पुनः गोल गर्ने अवसर पायो तर त्यसमा जुमा बेनली असफल रहे।राज पौडेलले दिएको मीठो क्रसलाई जुमाले सिक्सयार्ड नजिकैबाट पनि गोलको दिशा दिन सकेनन् र बल सेकेण्डबार हुँदै बाहिरियो।

निर्धारित खेल सकिन छ मिनेट बाँकी रहेको स्थितिमा गोर्खाले सान्त्वना गोल गर्ने उत्कृष्ट अवसर पाए पनि सफल भएन। क्याप्टेन दिवस क्षेत्रीको क्रसमा रतिन थापाले डिबक्सभित्र बल होल्ड गर्न नसक्दा गोलकिपर सनम फर्लाण्डले नियन्त्रणमा लिइदिए।बल कन्ट्रोल गर्न नसक्दा रतिन आफै डिबक्सभित्र लडेका थिए।

खेलपछि गोर्खा ब्रिगेडका प्रशिक्षक विनोद वान्तवाले फिनिसिङमा कमजोरी हुँदा पाएको अवसर गुमेको प्रतिक्रिया दिए। उनले राम्रो खेल्दाखेल्दै गोल खाएपछि खेलाडीहरू प्रेसरमा परेको बताए। उनले खेलाडीहरू गोर्खा रेजिमेन्टबाट छनौट गरेर ल्याएको बताए।

जीतपछि जावलाखेलका प्रशिक्षक किशोर केसीले अघिल्लो पंक्तिका तीन-चार जनाले राम्रो नखेल्दा सुरुमै स्कोरिङ हुन नसकेको बताए। तर तीन कुन-कुन खेलाडी हुन् उनले बताउन चाहेनन्। दोस्रो हाफमा खेलाडीले प्रदर्शनमा सुधार गरेपछि स्कोरिङ भएको उनको भनाइ थियो।

सेमिफाइनलमा आरसिटी र थ्रीस्टारमध्ये जुनसुकै टीम भए पनि आफूलाई केही फरक नपर्ने दाबी गर्दै केसीले भने-’गर या मर भनेरै खेल्ने हो, फिफ्टी-फिफ्टी सम्भावना छ।’

सो खेलमा गोर्खा ब्रिगेडका दिवस क्षेत्री र लवकुश गौतमलाई फिफा रेप|mी सचिन अमात्यले एलोकार्ड देखाएका थिए।

हिमश्री फूड्स प्रालिको मुख्य प्रायोजनमा जारी प्रतियोगिताअर्न्तर्गत आइतबार नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीच दोस्रो क्वाटरफाइनल खेल हुनेछ।

सातौं पटक सहभागी आर्मी र पाँच पटकको विजेता पुलिस पोखराको आहा गोल्डकपमा हालसम्म तीनपटक आमनेसामने भएका छन्।तीनपटक नै पुलिसले जितेको छ।

आर्मी दोस्रो संस्करणमा सेमिफाइनलमा ३-०, सातौं संस्करणमा फाइनलमा ५-० र आठौं संस्करणमा फाइनलमा  १-० ले पराजित भएको थियो।

- प्रेमनारायण न्यौपाने