गण्डकी विकास बैड्ढको एकै दिन तीनवटा शाखा शुभारम्भ

पोखरा, १२ माघ। पोखराको न्यूरोडमा प्रधान कार्यालय रहेको गण्डकी विकास बैड्ढ लिमिटेडले शुक्रबारबाट पर्यटकीय क्षेत्र लेकसाइडको हल्लनचोकमा शाखा स्थापना गरी कारोबार सुरु गरेको छ।

बैड्ढको नवौ वषिर्कोत्सवको अवसरमा नेपाल पर्यटन बोर्डका सदस्य टीकाराम सापकोटा, पोखरा पर्यटन परिषद्का अध्यक्ष सूर्यबहादुर भुजेल र बैड्ढका सञ्चालक मदनकाजी श्रेष्ठले संयुक्तरूपमा रिबन काटी सो शाखाको  शुभारम्भ गरेका हुन्।

कार्यक्रममा परिषद्का अध्यक्ष भुजेलले वित्तीय क्षेत्रले देशको विकासको लागि नेपालको पर्यटनमा लगानी गर्नु उपयुक्त हुने बताए।

नेपाल पर्यटन बोर्डका सदस्य टीकाराम सापकोटाले नेपालको विकासको भरपर्दो क्षेत्र पर्यटन भएकोमा जोड दिँदै पर्यटन र आर्थिक विकासलाई एकसाथ लैजान सरकारले सोच्नुपर्ने धारणा राखे।

कार्यक्रममा बैड्ढको वर्तमान अवस्थाबारे सञ्चालक केदारनाथ न्यौपानेले प्रकाश पारेका थिए। लेकसाइड शाखाका म्यानेजर राजेन्द्र कोइरालाले शाखामा कार्यरत कार्मचारीको परिचय गराउँदै गुणस्तरीय सेवा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे।

गण्डकी विकास बैड्ढले शुक्रबारबाट नै चितवनको चनौली बजार र पर्वतको हुवासमा पनि शाखा विस्तार गरेको छ। नेपाल राष्ट्र बैड्ढबाट ख वर्गकोर्र् इजाजत प्राप्त यस बैड्ढको स्थापना वि. सं. २०६१ मा भएको हो।

हाल बैड्ढको पूँजी २५ करोड रहेको र चाँडै हकप्रद शेयर निष्काशन गरी ३२ करोड रुपैयाँ पुर्‍याइने बताइएको छ।

बैड्ढका सञ्चालक मदनकाजी श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन बैड्ढका सञ्चालक बासुदेव त्रिपाठीले गरेका थिए।

- अादर्श समाज सम्वाददाता