वालिङ महोत्सव आजदेखि

वालिङ, ११ माघ। स्याङ्जाको वालिङस्थित वालिङ उद्योग वाणिज्य सङ्घको आयोजनामा हुन लागेको चौथो वालिङ महोत्सव ताथ क्षेत्रीय औद्योगिक कृषि, पर्यटन तथा व्यापार मेला आजदेखि सुरु हुँदैछ।

माघको २१ गतेसम्म चल्ने मेलाको उद्घाटन नेपाली काङ्ग्रेसका सभापति सुशील कोइरालाले शुक्रबार मध्यान्ह १२ बजे उद्घाटन गर्ने आयोजक वालिङ उद्योग वाणिज्य सङ्घले जनाएको छ।

‘हाम्रो गौरब, हाम्रो शान, वालिङ महोत्सव हाम्रो पहिचान’ भन्ने मूल नाराका साथ सुरु हुने महोत्सव तथा व्यापार मेलाको लागि समपूर्ण तयारी पूरा भएको महोत्सव आयोजक मूल समारोह समितिका संयोजक पुण्यप्रसाद अर्यालले बताए।

मेला सम्पन्न गर्नका लागि गठित समपूर्ण उपसमितिले आ-आफ्नो विभागका काम सम्पन्न गरेको महोत्सवका निदेशक एवं वालिङ उद्योग वाणिज्य सङ्घका निवर्तमान अध्यक्ष ले. यामबहादुर गुरुङले जानकारी दिए।

महोत्सवमा बाल उद्यान, विज्ञान तथा प्रविधि, शैक्षिक प’रदर्शनी, स्थानिय कृषि उपजको प’रदर्शनी, सुन्तला प’रदर्शनी, विभिन्न अटोमोबाइल प’रदर्शनी, फेन्सी तथा कपडा, होटल, स्थानीय स्वादका परिकारको प’रदर्शनीलगायतका स्टल रहेका छन्।

महोत्सव सुरु हुनुभन्दा अगाडि वालिङ तथा आसपासका क्षेत्रबाट विभिन्न सङ्घसंस्था, आमा समूह, जातजाति, विद्यालयले आ-आफ्नो संस्कृति, पहिचान झल्कने झाँकीसहितका र्‍याली लिएर महोत्सव स्थल प्रवेश गर्नेछन्।

महोत्सवका लागि निर्धारण गरिएका दुर्इ सय २० वटा स्टल पनि समपूर्ण बुकिङ भइसकेका छन्। महोत्सवको मिति नजिँकिँदै जाँदा वालिङमा अहिले निक्कै चहलपहल बढ्दै गएको छ। समपूर्ण घरघरमा कलस, तथा ध्वजा पताकाले सजाइएको छ।

त्यस्तैगरी महोत्सवको सुरु हुनुपूर्व सन्ध्यामा बिहीबार वालिङ नगर वरिपरी सरसफाइ गरिएको छ। वालिङ नगरपालिका, स्थानियबासी, आमा समूहलगायतको सकृयतामा वालिङ ८ रामबाच्छादेखि भकुण्डेसम्म सडक तथा आसपासका ठाँउमा सरसफाइ गरिएको वालिङ नगरपालिकाले जनाएको छ।

- अादर्श समाज सम्वाददाता