राष्ट्र्रपति यादवद्वारा पुनः परामर्श सुरु निकासका लागि सक्रिय हुन कोइरालाको सुझाव

काठमाडौं, ११ माघ। राजनीतिक दलहरूबीच सहमतिको सट्टा विवादको दूरी बढ्दै गएपछि राष्ट्र्रपति डा. रामवरण यादवले दलीय परामर्श पुनः सुरु गरेका छन्। प्रमुख दलहरूबीच झडप र मुठभेड सुरु हुन थालेपछि राष्ट्र्रपतिले दलीय परामर्श सुरु गर्नुभएको हो।

यसक्रममा राष्ट्रपति यादवले नेपाली काङ्ग्रेसका सभापति सुशील कोइराला र एमाले अध्यक्ष झलनाथ खनालसँग छुट्टाछुट्टै भेटगरी तत्काल वार्ता र संवाद प्रक्रिया सुरु गर्न आग्रह गरेका हुन्। राजनीतिक गतिरोध लम्बिदै गएकोमा राष्ट्रपतिले चिन्ता जनाएको भेटपछि एमाले अध्यक्ष खनालले बताए। यसैगरी राष्ट्रपति कार्यालय शीतल निवासमा भएको भेटमा काङ्ग्रेस सभापति कोइरालाले निकासका लागि सक्रिय बन्न राष्ट्र्रपति यादवलाई सुझाव दिएका छन्। संविधानको संरक्षकको हैसियतमा देशलाई निकाश दिन आग्रह गरेका हुन्।

सरकारका कारण दलीय सहमति झन विथोलिएको उल्लेख गर्दै कोइरालाले सहमतीय सरकार गठनका लागि सुरु गरेको पहललाई निष्कर्षमा पुर्‍याउन आग्रह गरेका थिए। ‘दलहरूबीच सहमति जुटन नसकेकोमा राष्ट्रपतिले चिन्ता जनाएको भेटपति सभापति कोइरालाले बताए। यसैबीच, काङ्ग्रेस सभापति कोइरालाले दैलेखमा बुधबार भएको झडपको घटनाको प्रमुख कारक प्रधानमन्त्री बाबुराम भट्टराई स्वयं भएको आरोप लगाएका छन्।  प्रधानमन्त्रीले नै विपक्षीलाई उत्तेजित बनाएर घटना घटाएको कोइरालाको दाबी छ। आफ्नै निवासमा पत्रकारहरूसँग कुरा गर्दै सभापति कोइरालाले माओवादी सर्वसत्तावादविरुद्ध विपक्षीले दैलेखमा प’रदर्शन गरेको बताए।

सभापति कोइरालाले प्रधानमन्त्री भट्टराईले शान्ति र संविधानको लक्ष्य पूरा गर्न नसकेको तथा नयाँ निर्वाचन हुने वातावरण पनि निर्माण नगरेको आरोप लगाए।  सरकार निर्वाचनबिना नै स्वेच्छाचारी ढ·ले सरकारको आयु लम्ब्याउन लागिपरेको भन्दै उनले आन्दोलनको बलमा सरकार विस्थापन गर्ने चेतावनी दिए।

- अादर्श समाज सम्वाददाता