गण्डकी मेडिकल कलेजमा रक्तदान

पोखरा, ११ माघ। गण्डकी मेडिकल कलेज लेखनाथमा एक कार्यक्रमका साथ बिहीबार खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ।

रक्तदान नै जीवनदान भन्ने मुल नाराकासाथ एम.वि.वि.एस तहमा अध्ययनरत २०१० समूहका विद्यार्थीद्वारा आयोजना र पश्चिमाञ्चल क्षेत्रीय रक्त सञ्चार सेवा पोखराको प्राविधिक सहयोगमा सम्पन्न सो कार्यक्रममा ७८ प्वाइन्ट रगत सड्ढलन भएको थियो।

कलेजका प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार खनालले कार्यक्रमको उदघाटन गरेका थिए भने कलेजका प्राचार्य प्रा. विजय गुप्ताले कार्यक्रमका पहिलो रगत दान गर्ने कलेजका प्रबन्धक लक्ष्मण शर्मालाई रगत सड्ढलनको ब्याग प्रदान गरी शुभारम्भ गरिएको थियो।

कलेजमा एम.वि.वि.एस तहमा अध्ययन गर्ने प्रथम समूहले गरेको यस्तो मानवीय सेवा उन्मुख कार्यक्रम कलेजमा अध्ययन गर्ने सबै विद्यार्थीलाई राम्रो शिक्षा भएको कुरा कार्यक्रमका प्रमुख अतिथी खनालले वताएका थिए।

चिकित्सा शास्त्र अध्ययन गर्ने विद्यार्थीले मानवीय जिवन वुझेको हुनाले उनिहरूले यस्तो कार्यक्रम सम्पन्न गर्नु उचित भएको विचार कलेजका प्राचार्य गुप्ताले व्यक्त गरेका थिए।

एम.वि.वि.एस तह २०१० समूहमा अध्ययन गर्ने विद्यार्थी राम अधिकारीको अध्यक्षतामा भएको सो कार्यक्रममा कलेजका प्रमुख प्रशासकीय अधिकृत कृष्ण राज घिमिरे, वित्त नियन्त्रक दीपेन्द्र पोखरेल, कलेजमा प्राध्यापन गर्ने समपूर्ण प्राध्यापक, कर्मचारी तथा विद्यार्थीको सहभागिता रहेको थियो।

कार्यक्रममा छात्र अनमोल आचार्यले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने छात्रा यससा पौड्यालले सञ्चालन गरेकी थिइन्।

- अादर्श समाज सम्वाददाता