चितवन १७३ रनले विजयी

पोखरा, ११ माघ। यु-१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको लागि भइरहेको क्षेत्रीय छनौट प्रतियोगितामा चितवनले स्याङ्जामाथि एकसय ७३ रनको फराकिलो जीत हासिल गरेको छ।

पोखरा रङ्गशालाभित्रको क्रिकेट मैदानमा भएको छनौट प्रतियोगिताको दोस्रो दिन चितवनले टस जितेर स्याङ्जा सामु ४० ओभर खेल्दै दुर्इ ६२ रनको लक्ष्य प्रस्तुत गरेको थियो।

आफ्नो सबै विकेट गुमाउँदा दुर्इ सय ६१ रन बनाएको थियो। सन्जोश भट्टराईले एकसय एक बल खेल्दै ९८ रनको महत्त्वपूर्ण खेल खेले भने आकाश थापाले पनि ५२ बलको सामना गर्दै ४९ रनको योगदान दिए।

स्याङ्जाका लागि विजय राउतले छ ओभर बलिङ गर्दै चार विकेट आफ्नो नाममा लेखाउन सफल हँुदा रिकेश गुप्ताले आठ ओभरको बलिङमा केवल एक विकेट लिए।

दुर्इ सय ६२ सयको लक्ष्य पछ्याएको स्याङ्जाले ३० ओभर चार बलमा सबै विकेट गुमाउँदै ८८ रनमा समेटिएको थियो। विजय राउतले ५८ बलमा २४ रन र विमल तिवारीले ५३ बलमा १९ रनको योगदान गरेपनि अन्य ब्याट्सम्यानको प’रदर्शन उल्लेख्य रहेन्।

बलिङतर्फ भने पाँच ओभर बलिङ गरेका प्रदिप खरेलले तीन विकेट र दीपेश श्रेष्ठ र राजन श्रेष्ठले समान दुर्इ-दुर्इ विकेट लिएका थिए।

शुक्रबारअन्तिम खेल भने कास्कीले स्याङ्जासित खेल्ने छ।

कास्की र स्याङ्जाबीचको खेलबाट क्षेत्रीय क्रिकेट विकास समिति क्षेत्र नं ८ले यही माघ १८ गतेदेखि पोखरामा सुरु हुने यु-१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको लागि खेलाडी छनौट गर्ने छ।

- अादर्श समाज सम्वाददाता