चौथो तनहू“ महोत्सवको तयारी पूरा

पोखरा, १० माघ। चौथो तनहूँ महोत्सव एवं दोस्रो पश्चिमाञ्चल क्षेत्रीय औद्योगिक वस्तु तथा प्रविधि प्रदर्शनी-२०६९को तयारी पूरा भएको छ। आयोजक तनहूँ उद्योग वाणिज्य सङ्घले बुधबार पोखरामा पत्रकार सम्मेलन गरी यसको जानकारी दिएको हो।

‘तनहूँ महोत्सव हाम्रो आधार, आर्थिक सामाजिक विकासको पूर्वाधार’ भन्ने नाराका साथ यो महोत्सव तनहूँको दमौलीमा माघ १२ गतेबाट सुरु हुने महोत्सव १० दिनसम्म चल्नेछ। तनहूँ उद्योग वाणिज्य सङ्घ, जिल्ला विकास समिति तनहूँ र व्यास नगरपालिकाको संयुक्त आयोजना महोत्सव आयोजना गरिएको हो।

पत्रकार सम्मेलनमा महोत्सव तनहूँको आर्थिक तथा सामाजिक विकासमा महत्त्वपूर्ण भएको महोत्सव मूल आयोजक समितिका संयोजक एवं तनहूँ उद्योग वाणिज्य सङ्घका अध्यक्ष देवकुमार श्रेष्ठले जानकारी दिए।

उनले महोत्सवमा तीन करोड बराबरको आर्थिक कारोबार र दुर्इ लाख ५० हजार दर्शकले अवलोकन गर्ने सो अवसरमा बताए। महोत्सवको तयारी पूरा भएको जनाउँदै उनले कार्यक्रममा महोत्सवलाई सफल पार्नका लागि पोखरेली र सबैलाई सहयोग गर्न आग्रह पनि गरे। पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष सञ्जीवबहादुर कोइरालाले निजी क्षेत्रबाट आयोजना हुने मेला तथा महोत्सवले नेपालको आर्थिक विकासमा महत्त्वपूर्ण सहयोग पुर्‍याएको कार्यक्रममा बताए।

निजी क्षेत्रबाट आयोजना हुने मेला तथा महोत्सवमा सरकारले मूल्य अभिवृद्धि कर लगाउनु गलत भएको उनको जिकिर थियो।

कार्यक्रममा तनहूँ पोखरा सर्म्पर्क समाज, पोखराका अध्यक्ष इश्वरप्रसाद सुवेदी, तनहूँ उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष तथा महोत्सवका प्रचार-प्रसार संयोजक शंकरलाल राजभण्डारी, प्रेस काउन्सिलका नेपालका सदस्य माधव शर्मा, महोत्सवको सहआयोजक घरेलु तथा साना उद्योग विकास समिति मुख्य शाखा कार्यालय तनहूँका प्रमुख नारायणमणि लामिछाने र महोत्सवका प्रवक्ता राजेन्द्र कुमालले बोलेका थिए।

यसपटक पश्चिमाञ्चल औद्योगिक वस्तु तथा प्रविधि प्रदर्शनीलाई पनि महोत्सवकै अ·को रूपमा राखिएकाले यस क्षेत्रका घरेलु उद्यमीका लागि उत्पादनको बजार प्रवर्द्धनमा सहज हुने आयोजकको अपेक्षा छ।त्यस्तै, प्रदर्शनीमा उत्कृष्ट घरेलु उद्यमीहरूलाई पुरस्कारको समेत व्यवस्था गरिएको छ। महोत्सव अवधिमा हेलिकोप्टरबाट जिल्लाका पर्यटकीय स्थलको दर्शन अवलोकनको व्यवस्था गरिएको छ।

बन्दीपुर, विमलनगर, तनहूँसुर, छिम्केश्वरीलगायतका पर्यटकीय स्थलमा होमस्टे र सांस्कृतिक कार्यक्रमको प्याकेज तयार पारिएको आयोजकले जनाएको छ। महोत्सवमा एक हजार पाँच सय रुपैयाँमा दमौलीबाट खहरेसम्मको र्‍याफ्टिङ प्याकेज उपलब्ध गराइने भएकेा छ।

- अादर्श समाज सम्वाददाता